शेयरबजारका कुरा : रकम र संख्यामा नयाँ कीर्तिमान कायम, १७ अर्ब बढिकाे काराेबार
- गाउँ सहर संवाददाता
- २३ जेठ आइतबार, २०७८ | १५:३६:०० मा प्रकाशित

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दुई नयाँ कीर्तिमान कायम भएको छ । नेप्सेले आज हालसम्मकै उच्च कारोबार र उच्च विन्दुमा पुगेर नयाँ कीर्तिमान कायम गरेको हो ।
लगानीकर्ताहरुको आकर्षण बैंकिङ क्षेत्रमा हुँदा लगानीकर्ताको उत्साह थपिँदै गएकाे देखिन्छ ।
यसदिन नेप्से परिसूचक ५०.१३ अंकले बढेर २८०६.८९ अंकमा पुगेर बन्द भएको छ । आइतबारको कारोबारमा नेप्से हालसम्मकै उच्च अंक २९१९.१० अंकसम्म पुगेको थियो ।
त्यस्तै, आज ३ करोड ७४ लाख ५५ हजार १८९ कित्ता सेयर १७ अर्ब २७ करोड १७ लाख रूपैयाँमा कारोबार भएको छ । यो हालसम्मै उच्च कारोबार हो । यसअघि २०७८ जेठ १६ गते आइतबार १७ अर्ब २ करोड ८४ लाख बराबरको करोबार भएर नयाँ रेकर्ड कायम गरेको थियो ।
यो दिन ९९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ११३ वटा कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ भने ६ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
यो दिन महिला लघुवित्तको सेयरमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ भने गुडविल फाइनानस, लुम्बिनी विकास बैंक र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढिले बढेको छ ।
त्यस्तै, आज राधी विद्युत कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल रि–इन्स्योरेन्स कम्पनी भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस