शेयरबजारका कुरा : रकम र संख्यामा नयाँ कीर्तिमान कायम, १७ अर्ब बढिकाे काराेबार
- गाउँ सहर संवाददाता
- २३ जेठ आइतबार, २०७८ | १५:३६:०० मा प्रकाशित
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दुई नयाँ कीर्तिमान कायम भएको छ । नेप्सेले आज हालसम्मकै उच्च कारोबार र उच्च विन्दुमा पुगेर नयाँ कीर्तिमान कायम गरेको हो ।
लगानीकर्ताहरुको आकर्षण बैंकिङ क्षेत्रमा हुँदा लगानीकर्ताको उत्साह थपिँदै गएकाे देखिन्छ ।
यसदिन नेप्से परिसूचक ५०.१३ अंकले बढेर २८०६.८९ अंकमा पुगेर बन्द भएको छ । आइतबारको कारोबारमा नेप्से हालसम्मकै उच्च अंक २९१९.१० अंकसम्म पुगेको थियो ।
त्यस्तै, आज ३ करोड ७४ लाख ५५ हजार १८९ कित्ता सेयर १७ अर्ब २७ करोड १७ लाख रूपैयाँमा कारोबार भएको छ । यो हालसम्मै उच्च कारोबार हो । यसअघि २०७८ जेठ १६ गते आइतबार १७ अर्ब २ करोड ८४ लाख बराबरको करोबार भएर नयाँ रेकर्ड कायम गरेको थियो ।
यो दिन ९९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ११३ वटा कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ भने ६ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
यो दिन महिला लघुवित्तको सेयरमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ भने गुडविल फाइनानस, लुम्बिनी विकास बैंक र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढिले बढेको छ ।
त्यस्तै, आज राधी विद्युत कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल रि–इन्स्योरेन्स कम्पनी भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
प्रतिकृया दिनुहोस