खाँडादेवीका विभिन्न वडामा स्वास्थ्य सामाग्री सहयाेग
- गाउँ सहर संवाददाता
- २० जेठ बिहीबार, २०७८ | १५:२५:०० मा प्रकाशित
.jpeg)
रामेछाप । नेपाली कांग्रेस रामेछाप–काठमाडौं सम्पर्क समिति र खाँडादेवी गाउँपालिका अन्तर्गत वडा संपर्क समिति वडा नम्बर ३,४ र ५ काे पहलमा खाँडादेवीका विभिन्न स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
समितिले अक्सिजन १० लिटरकाे सिलिण्डर ११ थान, अक्सिजन कन्सन्ट्रेटर १० लिटरकाे ३ थान, पीपीई ८ थान र मास्कहरू सहयाेग गरिएकाे सम्पर्क समितिका अध्यक्ष राजनारायण श्रेष्ठले जानकारी दिए ।
उक्त सामाग्रीहरू गाउँपालिका अन्तर्गतका वडा नं. ३ काे प्रस्थावित लाप्का पँधेरो भलाखर्क, भीरपानीको सामुदायिक स्वास्थ्य इकाई, भीरपानीकै स्वास्थ्य चौकी आँपचौर र भीरपानी रेडक्रस, वडा नं. ४ काे खाँडादेवी आधारभूत स्वास्थ्य चौकी भीमसेनस्थान, खाँडादेवी स्वास्थ्य इकाई सान्ने र वडा नं. ५ काे भोटेचौर स्वास्थ्य चाैकीमा वितरण गरिएको श्रेष्ठले जनाएका छन् ।
उक्त सामाग्रीहरू स्थानीय नेपाली कांग्रेस वडा इकाई सभापतिहरु दानकाजी श्रेष्ठ, बालकृष्ण कार्की र सूर्यबहादुर श्रेष्ठ, खाँडादेवी गाउँपालिका ३ सम्पर्क सभापति टेकबहादुर श्रेष्ठ, जिल्ला सम्पर्क सदस्य प्रदीप सुनुवार, केशव कँडेल लगायत नेविसंघ, नेपाल तरुण दल तथा नेपाली कांग्रेसका नेताहरू झनक बहादुर श्रेष्ठ, रामकृष्ण ढुंगेल, राजेशकुमार श्रेष्ठ, सुमित्रा माेक्तान(नेकां-जिल्ला सदस्य), पराग खड्गा, सूर्य श्रेष्ठ, सुजन ढुंगेल, सुजन श्रेष्ठ, ताराराम श्रेष्ठ, विराज श्रेष्ठ, प्रेम श्रेष्ठ, बाबुराम कार्की, सूर्य रायमाझी, शंकर पौडेल, जगत कार्की, सन्दिप कार्की, अर्जुन भुजेल, वीरबहादुर कार्की, राजेश श्रेष्ठ, फणीन्द्र कार्की, बलबहादुर श्रेष्ठ, प्रभाकर ढुंगेल, टंकप्रसाद ढुंगेल, अक्षे खत्री र दिनेश कार्की ललितपुर नेपाली कांग्रेस नेता राजेश महर्जन, निर्मल बस्ताकोटी, रोटरी क्लब अफ सैँबु भैंसी पार्टीकाे सहयाेगमा बितरण गरिएकाे हाे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस