एन आई सी एशिया लघुवित्तले ल्यायाे ८% देखि अधिक १५% सम्म छुट प्रदान गर्ने योजना
- गाउँ सहर संवाददाता
- १८ जेठ मंगलबार, २०७८ | १९:२६:०० मा प्रकाशित

काठमाडाैँ । हाल विश्वव्यापी महामारी रुपमा फैलिरहेको कोभिड–१९ को दोस्रो लहरको कारण मानविय दैनिक जीवन कष्टकर बन्दै जानुका साथै संक्रमित व्यक्तिहरुको संख्यामा दिनानुदिन वृद्धि हुँदै गएको वर्तमान अवस्थामा नेपाल सरकार, स्थानीय निकाय तथा जिल्ला प्रशासनहरुले देशव्यापी निषेधाज्ञा अवधि थप गर्ने क्रमलाई जारी राखेका छन् ।
यस विषम परिस्थितीमा ग्रामीण भेगका साना साना व्यापार, व्यवसाय तथा दैनिक ज्यालादारी मजदुरहरुको नियमित आयआर्जनमा अत्यन्तै प्रतिकूल असर पर्न गएको छ । यसै अवस्थालाई मनन गर्दै यस एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले भाखा नाघेका ऋणी सदस्यहरुलाई यहि जेष्ठ मसान्त सम्ममा भुक्तानी गर्नुपर्ने कुल बक्यौता साँवा र ब्याज रकम संस्थालाई २०७८ जेष्ठ १८ गतेदेखि जेष्ठ ३१ गते सम्ममा चुक्ता गरेमा कूल ब्याज रकमको ८% देखि अधिक १५% सम्म छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।
वित्तीय संस्थाले गत आ.वा २०७६/०७७ मा समेत आफ्ना ग्राहकहरुलाई रु ५ करोड ९५ लाख ३३ हजार ४०४ रुपैयाँ ब्याज छुट प्रदान गरेको थियो । सोही आ.व.मा संस्थाले रु ९ करोड ३३ लाख ०२ हजार १९३ रुपैयाँ आयकर नेपाल सरकारलाई बुझाएको थियो ।
ग्राहकमैत्री संस्थाको अवधारणा अनुरुप संस्थाले यस्ता ग्राहकमैत्री योजनाहरु समय समयमा सार्वजनिक गर्ने गरेको छ । यस पटक पनि कोभिड १९ को कारणले सृजित विषम परिस्थितीको सामना गर्न ग्राहकहरुलाई सहज होस् भन्ने अभिप्रायले यस्तो योजना ल्याइएको उसले बताएकाे छ ।
गत महिनामा समेत २०७८ को बैशाख २४ गते देखि ३१ गते सम्मको अवधिमा विगतको भाखा नाघेको साँवा तथा ब्याज तिरी २०७८ बैशाख मसान्त सम्मको सम्पूर्ण लेना भुक्तानी गर्ने ऋणी सदस्यलाई सो अवधिमा संस्थालाई चुक्ता गरेको वक्यौता (तिर्न बाँकी रहेको) कुल ब्याज रकमको १०% छुट प्रदान योजना लागु गरी सो अनुसार वक्यौता तिर्ने १७९ शाखा कार्यालयहरुका ४,६७६ ऋणी सदस्यहरुलाई २०७८ वैशाख महिनामा छुट वापत प्राप्त गर्ने रकम रु.१५,१८,२०२.४७।– उक्त ऋणीको बचत खातामा जम्मा गरिसकेको उसले जनाएकाे छ ।
संस्था र सेवाग्राही एक अर्काका परिपुरक हुन भन्ने उसकाे मान्यतालाई चरितार्थ गराउन योजनाले सहयोग पुग्ने विश्वास रहेको बैंकले बताएकाे छ । साथै, संस्था र आबद्ध सदस्यहरु बिचको सम्बन्ध दिगो एवं सुमधुर हुनेमा समेत संस्था पूर्ण विश्वस्त रहेकोसमेत उसले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस