चन्द्रागिरि नगरपालिकाको आफ्नो छुट्टै नगर अस्पतालको शिलान्यास
- गाउँ सहर संवाददाता
- ४ माघ बिहीबार, २०८० | १६:४६:०० मा प्रकाशित

काठमाडाैं । काठमाडाैंको चन्द्रागिरि नगरपालिकाको आफ्नो छुट्टै नगर अस्पतालको शिलान्यास भएको छ ।
चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी, उपमेयर वसन्ती श्रेष्ठ, चन्द्रागिरि–१५ का वडाध्यक्ष घनश्याम लुइँटेल, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याललगायतले संयुक्तरूपमा भवनको हिजो शिलान्यास गरे । उपमेयर श्रेष्ठले नयाँ बन्ने भवनले चन्द्रागिरि नगरवासीलाई सर्वसुलभ स्वास्थ्य सेवा पुर्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
नगरपालिकाले वडा नम्बर ४ गोदामचौर थानकोटमा अहिले सञ्चालनमा रहेको ‘थानकोट प्राथमिक अस्पताल’ को हाताभित्रै थप १५ शय्याको नगर अस्पताल बन्दैछ ।मन्त्रिपरिषद्को गएको फागुन ४ गतेको बैठकले चन्द्रागिरि नगर अस्पताल बनाउन नगरपालिकालाई २३ रोपनी सार्वजनिक जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो ।
यसपछि नगरपालिकाले फागुन २१ गते अस्पतालको नयाँ भवन निर्माण गर्न बोलपत्र आह्वान गरेको थियो । गएको असार २० गते चन्द्रागिरि नगरपालिका र निर्माण कम्पनीका बीचमा २ वर्षभित्रमा भवन निर्माण सम्पन्न गर्ने गरी द्विपक्षीय सम्झौता भएको थियो । करबाहेक १७ करोड ४९ लाख ३४ हजार १ सय ९९ रुपैयाँमा ३ तले भवन बन्नेछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस