कला

शनिबारको छुट्टी छ...

  • २० पौष शनिबार, २०८१ | १०:१८:०० मा प्रकाशित

चराहरुले गाउँन छोडे अचेल
तिनीहरु टाढा कतै घुम्न गा-छन्
हावा तिर्थयात्रामा निस्केको छ
ऊ फर्केर नआउन्जेलसम्म
म सास नफेरि सुत्छु

नदी लामो निद्रा निदाएकी छे-
ऊ नबिउँझिएसम्म म
एक गिलास जति मनतातो अल्छी 
पिएर पल्टिन्छु

कवि बिचारहरु हराए जसरी
कविता लेख्ने औंलाहरुलाई 
पाईन्टको खल्तीमा लुकाएर
चुपचाप आकास हेरेर बसेको छु 
आकशमा ताराहरु छैनन्
ताराहरु त बिदेश भ्रमण गा-छन्

शनिवारको छुट्टी छ यतिबेला 
अग्ला डाँडापाखा डुलेर
हिमालको मुस्कानसित मस्किँदै
क्षितिजलाई ग्वाँम्लाङ्ग अँगालो हालेर
नदीसित बग्दै-बग्दै 
अनन्त यात्रा गर्नु थियो
तर मन अल्छिलाई खुट्टा बोकाएर
पल्टीरहेको छ ओछ्यानमा 
ऊ मेरो गाउँको ढिकी झैँ
सेवा निवृत भएको छ 

केही दिन म उस्लाई आराम गर्न 
बिस्तारामा यतै छोड्छु
र तिर्थ यात्रामा निस्कन्छु...

तपाईँको मत