चीनले दिएकाे काेराेनाविरूद्धकाे खाेप आज नेपाल ल्याइँदै
- गाउँ सहर संवाददाता
- १८ जेठ मंगलबार, २०७८ | ०८:३५:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको आग्रहमा चीन सरकारले दिएको १० लाखमध्ये ८ लाख डोज भेरोसेल खोप आज नेपाल आईपुग्दैछ । आज दिउँसो २ बजे खोप लिएर आएको वाइडबडी जहाज काठमाडौं अवतरण गर्नेछ ।
यसैगरी, तिब्बतले प्रदान गर्ने २ लाखमध्ये १ लाख डोज खोप हिमालयन एयरलाइन्सको विमानमार्फत आजै ल्याइने कार्यतालिका तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज शर्माले जानकारी दिए।
चीन सरकारले अनुदानमा दिन लागेको भेरोसेल खोप लिन गएराति ११ बजेर ३० मिनेटमा नेपाल वायुसेवा निगमको ए ३३० वाइडबडी जहाज चीनको बेइजिङ उडेको थियो । जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सि जिङपिङको टेलिफोन वर्तापछि चीनले थप १० लाख डोज खोप नेपाललाई अनुदानमा दिने घोषणा गरेको थियो ।
चीन सरकारले घोषणा गरेको उक्त खोप नेपाल वायुसेवा निगमको विमानले ८ लाख र तिब्बतले प्रदान गर्ने २ लाखमध्ये १ लाख डोज खोप हिमालयन एयरलाइन्सको विमानमार्फत आजै ल्याइने कार्यतालिका छ ।
भेरोसेल खोप एक पटक पनि नलगाएका नागरिकलाई दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप अभियान ७७ वटै जिल्लामा सञ्चालन गरिने मन्त्रालयको तयारी छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस