सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुन गण्डकी प्रदेश प्रमुखको आग्रह
- गाउँ सहर संवाददाता
- १५ जेठ शनिबार, २०७८ | ११:०९:०० मा प्रकाशित

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेलले सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुन आग्रह गरेकी छन् ।
गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रदेश प्रमुख पौडेलले सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुन आग्रह गरेकी हुन् ।
सन्देशमा जेठ १५ नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन ऐतिहासिक रहेको उल्लेख गर्दैै लोकतन्त्रलाई स्थापित, संस्थागत र सुदृढ गर्नु सबैको कर्तब्य भएको बताइएको छ ।
सन्देशमा नेपालको संविधानले परिकल्पना गरेको संङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुँदै नेपालको भौगोलिक अखण्डता कायम गर्न र राष्ट्रियता सुदृढीकरणका लागि आजको दिनले प्रेरणा दिनेछ भन्ने विश्वास व्यक्त गरिएको छ ।
प्रदेश प्रमुख पौडेलले कोभिड सङ्क्रमणबाट सङ्क्रमित भइ उपचारमा रहेका र होम आइसाेलेशनमा बसेकाहरूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै महामारीको समयमा अग्रपंक्तिमा रही काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षा निकाय तथा कर्मचारीहरूलाई सम्मान गर्दै अझ उच्च मनोबलका साथ निरन्तर क्रियाशिल रहन पनि आव्हान गरेकी छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
प्रतिकृया दिनुहोस