स्वास्थ्य

काठमाडाैँ उपत्यकाकाे काेभिड अपडेट, २ हजार २९८ काे मृत्यु

काठमाडाैँ । सबैभन्दा बढि जनसंख्या भएकाे काठमाडाैँ उपत्यकाकाे अहिलेसम्मकाे तथ्यांकले काठमाडाैँ जिल्लामा सक्रिय संक्रमण १६ हजार ५६७ रहेकाे देखाएकाे छ । अहिलेसम्म  १ लाख ६७ हजार ५३१ निकाे भएका छन् । काेराेनाबाट १ हजार ५ सय ६८ काे मृत्यु भइसकेकाे छ । कुल संक्रमितकाे संख्या १ लाख ८५ हजार पुगेकाे छ ।

यस्तै भक्तपुरमा अहिले ४ हजार ६७५ संक्रमण रहेकाे छ । १४ हजार ६०१ जना निकाे भएका छन् भने ३१२ जनाकाे मृत्यु भएकाे छ । कुल संक्रमितकाे संख्या १९ हजार ५७० पुगेकाे छ ।

यसरी नै ललितपुरमा सक्रिय संक्रमितकाे संख्या ६ हजार ६४१ रहेकाे छ । अहिलेसम्म २५ हजार ६४६ जना निकाे भइसकेका छन् भने ४१८ जनाकाे मृत्यु भएकाे छ । अहिलेसम्म कुल संक्रमितकाे संख्या ३२ हजार ७०५ पुगेकाे छ ।

पछिल्ला दिनमा संक्रमणकाे दर घटेकाे छ तर गाउँ केन्द्र तथा अर्ध्व सहरी क्षेत्रमा संक्रमितकाे संख्या उचाे गतिमा बढिरहेकाे छ ।

गाउँ सहर संवाददाता