प्रतिनिधिसभा विघटनविरूद्ध परेको रिटको अर्काे सुनुवाइ आइतबार
- गाउँ सहर संवाददाता
- १४ जेठ शुक्रबार, २०७८ | १४:४२:०० मा प्रकाशित

काठमाडाैं । प्रतिनिधिसभा विघटनविरूद्ध परेको रिटको सुनुवाइ आइतबारलाई सरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले आइतबारका लागि 'हेर्दाहेर्दै'मा राखेको हाे ।
आज सुरु भएको सुनुवाइपछि कुनै आदेश नदिई 'हेर्दाहेर्दै'मा राखेको हो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ आजबाट सुरू भएको हो ।
प्रधानन्यायाधीश जबराले आफ्नो नेतृत्वमा न्यायाधीशहरु दीपक कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ सदस्य रहेको इजलास गठन गरेका थिए ।
विघटनविरूद्ध परेका रिटउपरको सुनुवाइ संवैधानिक इजलासमा लगिएको थियो ।
विभिन्न पाँच राजनीतिक दलको तर्फबाट प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्नुपर्ने, प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने लगायत माग राखेर निवेदन दिइएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस