अस्पतालका फ्रन्टलाइनर स्वास्थ्यकर्मीहरूमाथि भएको भौतिक आक्रमण अमानवीय : साझा विवेकशील
- गाउँ सहर संवाददाता
- १४ जेठ शुक्रबार, २०७८ | १२:५६:०० मा प्रकाशित

काठमाडाैं । विवेकशील साझा पार्टीले कोभिड महामारीले देश आक्रान्त बनाइराख्दा बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालका फ्रन्टलाइनर स्वास्थ्यकर्मीहरूमाथि भएको भौतिक आक्रमण अमानवीय भएकाे जनाएकाे छ ।
'अस्पतालजस्तो संवेदनशील कार्यक्षेत्रभित्र जिम्मेवार स्वास्थ्यकर्मीमाथि अभद्र भिड पुगेर आक्रमणसमेत गर्दा स्वास्थ्यकर्मीहरू माथिल्लो तलाबाट हाम फालेर ज्यान जोगाउनुपरेको घटनालाई सामान्य रूपमा लिन सकिँदैन। हामी यस आक्रमणको घोर भर्त्सना गर्न चाहन्छौँ' विवेकशील साझाले भनेकाे छ ।
विज्ञप्तिमा भनिएकाे छ- 'भेरी अस्पताल आक्रमणबाट घाइते भएका डाक्टर दीपक गुप्ता, डाक्टर चन्द्रप्रकाश साहु, डाक्टर समा अन सारी, स्टाफ नर्स आश्विन गुरुङ, सदिक्षा गैरे र वन्दना श्रेष्ठलाई सुस्वास्थ्यको कामना गर्न चाहन्छौँ।'
अमानवीय आक्रमणमा संलग्न जो सुकैलाई तुरुन्त पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन आग्रह गर्दै स्वास्थ्यकर्मीलाई भरपर्दो सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग अनुरोध गरेकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस