नेबिसंघद्वारा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन
- गाउँ सहर संवाददाता
- ११ जेठ मंगलबार, २०७८ | १९:५७:०० मा प्रकाशित
.jpeg)
काठमाडाैं । संसद विघटनको विरोधमा नेपाल विद्यार्थी संघले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएको छ ।
पुतलीसडकको शंकरदेव क्याम्पस अगाडि उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका हुन् ।
नेबिसंघ संकरदेव क्याम्पस इकाईद्वारा पुतलीसडकमा आयोजित बिरोध कार्यक्रमको नेतृत्व संघका महामन्त्री बलदेव तिमल्सिनाले गरेका थिए ।
बिरोध प्रदर्शनका क्रममा 'म खड्ग प्रसाद ओली विद्या भण्डारीको मिलेमतोमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान मास्न प्रतिबद्ध छु, यो मेरो प्रतिज्ञा हो ।'
लेखिएको प्ले कार्ड र पुत्लासहित सडकमा प्रदर्शन पछि विद्या खड्ग प्रबृत्तिको अन्त्यको निम्ति प्रतीकात्मक अन्त्यष्टी गरिएको कार्यक्रमका सम्योजक नेबिसंघ शंकरदेव क्याम्पसका नेता दिपक ओझाले बताए । बिरोध स्वरूप सहभागीले कालो लुगा लगाएका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
प्रतिकृया दिनुहोस