गाउँ सहर

काठमाडौंमा निषेधाज्ञा एक साता थपियो, कारबाहीकाे चेतावनीसहित किराना पसलसमेत नखाेल्न आदेश

काठमाडाैं । काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा थप एक साता लम्बिने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले जेठ २० गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

थपिएको निषेधाज्ञा अवधिमा किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न नपाइने भएकाे छ ।  निषेधाज्ञा उल्लंघन गर्नेलाई नयाँ अध्यादेशअनुसार कारबाहीसमेत गरिने भएकाे छ ।

गाउँ सहर संवाददाता