गाउँ सहर

संसद विघटनविरुद्ध सर्वोच्चमा रिटकाे ओइरो

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदनको ओइरो लागेको छ ।

शुक्रबार मध्यराति भएको विघटन असंवैधानिक भएको दाबी गर्दै आइतबार एकै दिन २५ वटा रिट निवेदन सर्वोच्च अदालतमा पेश भएको छ ।

वकिलहरुले एकल र सामूहिक रुपमा एउटै विषय वस्तु र माग गर्दै सार्वजनिक सरोकारको विषयको क्षेत्राधिकार प्रयोग गर्दै निवेदनहरु दर्ताका लागि पेश भएका हुन् ।

सबै रिट निवेदनमा धारा ७६(५) को सरकार बन्ने अवस्था हुँदा हुँदै असंवैधानिक रुपमा विघटजन गरिएकाले सबै कार्य प्रारम्भदेखिकै नै बदर गर्न माग गरिएको छ ।

गाउँ सहर संवाददाता