काेराेनाबाट स्वास्थ्य लाभ गर्नेकाे संख्या १५ कराेड नजिक, २ प्रतिशतकाे मृत्यु
- गाउँ सहर संवाददाता
- ८ जेठ शनिबार, २०७८ | ०३:३७:०० मा प्रकाशित
काठमाडाैँ । विश्वमा काेराेनाबाट स्वास्थ्य लाभ गर्नेकाे संख्या १५ कराेड नजिक अर्थात् १४ कराेड ७१ लाख १४ हजार २६७ पुगेकाे छ । कुल संक्रमित १७ कराेडकाे नजिक पुग्दा अहिलेसम्म भाइरसबाट मृत्यु हुनेकाे संख्या ३४ लाख ५५ हजार ७१२ छ जुन २ प्रतिशत हाे ।
विश्वमा अहिले भाइरसकाे सक्रिय संक्रमण १ कराेड ५८ लाख ५ हजार ९३८ मा रहेकाे वर्ल्डाेमिटर्स डट इन्फाेकाेराेनाभाइरसले जनाएकाे छ । तर ९८ हजार २१७ काे अवस्था चिन्ताजनक रहेकाे पनि उसले बताएकाे छ ।

काेराेनाकाे दाेस्राे लहरकाे चपेटामा दक्षिण एशियायी मुलुकहरू परेका छन् । तर पहिले प्रताडित देशहरूमा भने सुधारकाे संकेत देखिएकाे त्यहाँका सरकारहरूले बताइरहेका छन् ।
नेपालमा पछिल्लाे समयमात्र १७७ जनाकाे ज्यान गएकाे छ । कुल मृतककाे संख्या ६ हजार नाघेकाे छ । स्वास्थ्य संकटकालकाे चर्चा चुलिएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चित्रमा हेर्नुहाेस् कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार)सम्मकाे माैसम
- खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड
- कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, चार केन्द्रीय सदस्यको रोकियो
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
प्रतिकृया दिनुहोस