काेराेनाबाट स्वास्थ्य लाभ गर्नेकाे संख्या १५ कराेड नजिक, २ प्रतिशतकाे मृत्यु
- गाउँ सहर संवाददाता
- ८ जेठ शनिबार, २०७८ | ०३:३७:०० मा प्रकाशित
काठमाडाैँ । विश्वमा काेराेनाबाट स्वास्थ्य लाभ गर्नेकाे संख्या १५ कराेड नजिक अर्थात् १४ कराेड ७१ लाख १४ हजार २६७ पुगेकाे छ । कुल संक्रमित १७ कराेडकाे नजिक पुग्दा अहिलेसम्म भाइरसबाट मृत्यु हुनेकाे संख्या ३४ लाख ५५ हजार ७१२ छ जुन २ प्रतिशत हाे ।
विश्वमा अहिले भाइरसकाे सक्रिय संक्रमण १ कराेड ५८ लाख ५ हजार ९३८ मा रहेकाे वर्ल्डाेमिटर्स डट इन्फाेकाेराेनाभाइरसले जनाएकाे छ । तर ९८ हजार २१७ काे अवस्था चिन्ताजनक रहेकाे पनि उसले बताएकाे छ ।

काेराेनाकाे दाेस्राे लहरकाे चपेटामा दक्षिण एशियायी मुलुकहरू परेका छन् । तर पहिले प्रताडित देशहरूमा भने सुधारकाे संकेत देखिएकाे त्यहाँका सरकारहरूले बताइरहेका छन् ।
नेपालमा पछिल्लाे समयमात्र १७७ जनाकाे ज्यान गएकाे छ । कुल मृतककाे संख्या ६ हजार नाघेकाे छ । स्वास्थ्य संकटकालकाे चर्चा चुलिएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस