नेता गगनले भने - भिरबाट खस्नेलाई राम राम
- गाउँ सहर संवाददाता
- ७ जेठ शुक्रबार, २०७८ | २१:११:०० मा प्रकाशित

काठमाडाैँ । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई लक्षित गर्दै अन्तिम पटक सुध्रने माैका दिएकाे बताएका छन् ।
सामाजिक संजालमार्फत् उनले भनेका छन्ः- १५३ जनाको समर्थन भएको भए सरकारले ७६(३) को विश्वासको मत लिने वैधानिक बाटो किन छोडेको ? प्रमले नै'म विश्वासको मत लिन सक्दिन र पहिलाभन्दा तात्त्विक फरक छैन भनेर ७६ (५) को सरकार गठनको ढोका खोल्ने, राष्ट्रपतिले 'विश्वासको मत प्राप्त गर्ने आधार नदेखिएको' भन्दै आव्हान गर्ने । अब फेरी जालझेल !
यो प्रस्ट हुँदाहुँदै आज प्रमले बहुमतको समर्थन छ भन्दै दाबी गर्नु असङ्गत मात्र होइन अवैधानिक र अनैतिक छ । राष्ट्रपतिज्यू, तपाईंमा ओलीको जालझेल र अपराधमा साथ दिँदा लागेको दागै दाग छ, उनले भनेका छन् ।
"महामहिमलाई परिस्थितिले अन्तिम पटक सुध्रिने मौका दिएको छ !! नभए भिरबाट खस्नेलाई राम राम" उनले भनेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ऊर्जा, सिंचाइ, भौतिक पूर्वाधार र सहरी विकासका जीर्ण आयोजनाको ठेक्का तोडिने
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
प्रतिकृया दिनुहोस