वातावरण

आज शुक्रबार, धेरैजसो भू-भागमा आंशिक देखि सामान्य बदली

आज २०७८ जेठ ७ गते (शुक्रबार), माैसम विभागका अनुसार यस्ताे छ माैसमः

दिउँसो: देशका धेरैजसो भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूर-पश्चिम प्रदेश र प्रदेश न १ का एक/दुइ स्थानहरुमा मध्यम देखि भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राति: प्रदेश १ लगायत देशका बाँकी पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली र अन्य भू-भागमा सामान्यतय सफा रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत