राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतगणना सुरु
- गाउँ सहर संवाददाता
- ६ जेठ बिहीबार, २०७८ | १६:५४:०० मा प्रकाशित

काठमाडौं । वाग्मती प्रदेशअन्तर्गत आज भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतगणना सुरु भएको छ । मतगणना निर्वाचन अधिकृतको कार्यलयमा भर्खरै सुरु भएको हो ।
बिहीबार हेटौँडाको भुटनदेवी माविमा भएको निर्वाचनमा ३३८ जनाले मतदान गरेको सहायक मतदान अधिकृत गोविन्दप्रसाद पौडेलले जानकारी दिए ।
जसमा प्रदेशसभाका १०५ र स्थानीय तहका गाउँपालिका अध्यक्ष, उपाध्याक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख २३३ जनाले मतदान गरेको उनले बताए । जसमा २५ जना कोरोना संक्रमित मतदाताले मतदान गरेका छन् ।
वाग्मतीमा प्रदेशसभातर्फ ११० र स्थानीयतर्फ २३८ गरी ३४८ मतदाता थिए । जसमा प्रदेशसभा सदस्य पशुपति चौलागाईंको मृत्यु भएको थियो । त्यस्तै, तीन प्रदेशसभा सदस्य रहेको विवेकशील साझा पार्टीले भने मतदानमा सहभागी नहुने निर्णय गरेको थियो ।
उपनिर्वाचनमा तीनजना उमेदवार छन् । नेकपा (एमाले)का तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको तर्फबाट डा. खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट कृष्णबहादुर तामाङ उमेदवार रहेका छन् । बादल र खिमलालबीच मुख्य प्रतिष्पर्धा छ ।
मतदानको अन्तिम नतिजा आजै भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने तयारी रहेको पौडेलले जानकारी दिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्रतिकृया दिनुहोस