प्रविधि

नेपाल टेलिकमले सुविधा पुनः थप्याे, यीपनि पाइने

काठमाडाैँ । निषेधाज्ञाको समयमा घरमै बसी Work From Home, Online Classes, Webinar जस्ता क्रियाकलापमा संलग्न हुनुपर्ने ग्राहकवर्गका लागि सेवाहरु रिचार्ज विभिन्न तरिकाले गर्ने सुविधाहरु निरन्तर उपलब्ध रहेकाे नेपाल टेलिकमले बताएकाे छ ।

उसले भौतिक दूरी कायम गर्नुपर्ने हालको अवस्थामा एक अर्काबीच गिफ्टको रुपमा पनि केही सेवाहरु उपलब्ध गर्न/गराउन सकिने बताउँदै व्यालेन्स ट्रान्सफर, रिचार्ज कार्डको प्रयोग, गिफ्ट प्याकेज, मोबाइल बैंकिङ, अनलाइन रिचार्ज, विभिन्न डिजिटल वालेटको प्रयोग, एमपोस पिनलेस रिचार्ज, सेल्फ केयरको प्रयोग गरिरहेकाे साथै सुविधा थपेकाे बताएकाे हाे ।

टेलिकमको वेबसाइट www.ntc.net.np मा रहेको सेल्फ केयर एकाउन्ट सेक्सनमा लग अन गरी यो सेवाको प्रयोग गर्न सकिने उसले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत