बैशाखमा मात्रै डेढ लाख बढीमा काेराेना सङ्क्रमण पुष्टि
- गाउँ सहर संवाददाता
- १ जेठ शनिबार, २०७८ | १०:१४:०० मा प्रकाशित

काठमाडाैं । नेपालमा बैशाख महिनामा मात्रै एक लाख ५८ हजार ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बैशाख १ गते कोरोना सङ्क्रमितको सङ्ख्या तीन लाख सात हजार नौ सय २५ रहेकोमा बैशाख मसान्त अर्थात् हिजोसम्ममा सङ्क्रमितको सङ्ख्या बढेर चार लाख ३९ हजार ६५८ पुगेको छ ।
बैशाख महिनाभरमा चार लाख ९६ हजार नौ सय ८४ जनाको पीसीआर परीक्षण भएको छ । यस्तै बैशाख महिनामा मात्रै कोरोनाबाट एक हजार ६ सय आठ जनाले ज्यान गुमाएका छन् । बैशाख १ गतेसम्म कोरोनाबाट तीन हजार ६१ जनाको ज्यान गएकोमा हिजो सम्ममा ज्यान गुमाउनेको सङ्ख्या चार हजार ६ सय ६९ पुगेको छ ।
यस्तै बैशाख महिनामा ४९ हजार ४७ जना कोरोना सङ्क्रमणबाट निको भएका छन् । बैशाख १ गते सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ५६ जना रहेकामा अहिले बढेर एक लाख सात हजार तीन सय ३६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिले देशभर एक हजार सात सय पाँच जना सङ्क्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस