काेराेनाबाट पछिल्लाे २४ घण्टामा १७ जनाकाे मृत्यु, ३० हजार २०९ सक्रिय संक्रमित
- गाउँ सहर संवाददाता
- १५ बैशाख बुधबार, २०७८ | १७:०८:०० मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टा १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सहित कुल मृतकको संख्या ३ हजार २११ पुगेको छ ।
पछिल्लो २४ घण्टाको कोरोना मिटरले कोरोना संक्रमितमध्ये ३१७ जनाको आइसियूमा र ९७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जनाएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा १ हजार २०२ आइसियू र ४८७ भेन्टिलेटर चालू अवस्थामा छन् ।
अस्पतालमा गम्भीर विरामीको संख्या बढ्दै जाँदा बेड पाउन मुस्किल हुँदै गएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ८७९ को पिसिआर र ९५५ को एन्टिजेन चेक हुँदा पिसिआरबाट ४ हजार ७७४ र एन्टिजेन विधिबाट १२३ कोरोना संक्रमित देखिएका छन् । दुबै विधि गरेर पछिल्लो २४ घण्टामा मात्र ४ हजार ८९७ जना नयाँ संक्रमित थपिएका छन् ।
भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौँमा १ हजार ४६४ गरी उपत्यकामा मात्र २ हजार ४७ संक्रमित थपिएका छन् ।
थपिएका संक्रमितसहित कुल संक्रमितको संख्या ३ लाख १२ हजार ६९९ पुगेको छ भने निको हुनेको कुल संख्या २ लाख ७९ हजार २७९ छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या ७७३ छ । आजसम्म २४ लाख ४५ हजार ९६८ जनाको पिसिआर टेस्ट भएको छ । देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ५४ र आइसोलेशनमा रहेको संख्या ३० हजार २०९ छ ।
देशभर अहिले ३० हजार २०९ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
विभिन्न स्थानीय तहले निषेधाज्ञा जारी गरेसंगै कोरोनाको चेन ब्रेक हुने आशा गरिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
प्रतिकृया दिनुहोस