स्वास्थ्य

कुन उमेर समूहका कति काेराेना संक्रमित, कुन उमेर समूह बढी जाेखिममा ?

काठमाडाैँ । पछिल्लो २४ घण्टामा १३ हजार ८७९ को पिसिआर र ९५५ को एन्टिजेन चेक हुँदा पिसिआरबाट ४ हजार ७७४ र एन्टिजेन विधिबाट १२३ कोरोना संक्रमित देखिएका छन् । दुबै विधि गरेर पछिल्लो २४ घण्टामा मात्र ४ हजार ८९७ जना नयाँ संक्रमित थपिएका छन् ।

भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौँमा १ हजार ४६४ गरी उपत्यकामा मात्र २ हजार ४७ संक्रमित थपिएका छन् । 

थपिएका संक्रमितसहित कुल संक्रमितको संख्या ३ लाख १२ हजार ६९९ पुगेको छ भने निको हुनेको कुल संख्या २ लाख ७९ हजार २७९ छ ।

थपिएका संक्रमितमा ०—९ वर्ष उमेर समूहका ९९ जना, १०—१९ उमेर समूहका ३१७, २०—२९ का १ हजार २२१, ३०—३९ उमेर समूहका १ हजार १६०, ४०—४९ का ८९९, ५०—५९ उमेरका ६०९, ६०—६९ उमेर समूहका २७६, ७०—७९ उमेरका १२३, ८०—८९ उमेर समूहका ३९ जना, ९०—१०० का २ जना र अज्ञात २९ रहेका छन् । 

पछिल्लो २४ घण्टाको तथ्यांकले पनि २०—२९ उमेर समूह उच्च जोखिममा देखिएको छ ।
 

अहिलेसम्म कुन उमेर समूहका कति संक्रमित ?

गाउँ सहर संवाददाता