पछिल्लो २४ घण्टामा २० देखि ३९ वर्ष उमेर समूहका १२३८ जना युवामा काेराेना संक्रमिण पुष्टि
- गाउँ सहर संवाददाता
- १० बैशाख शुक्रबार, २०७८ | १७:२७:०० मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २५५९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । ८७९८ पीसीआर परीक्षणबाट २४४९ र ८६६ एन्टिजेन परीक्षणबाट ११० जना गरी जम्मा २५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जसमध्ये ० देखि ९ वर्ष उमेर समूहका ५४ र १० देखि १९ वर्ष उमेर समूहका भने १९९ जना बालबालिका कोरोना संक्रमित भएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै २० देखि ३९ वर्ष उमेर समूहका १२३८ जना युवा संक्रमित भएका छन् । जसमा २० देखि २९ वर्ष उमेर समूहका ६४५ र ३० देखि ३९ वर्ष उमेर समूहका ५९३ जना युवा संक्रमित भएका हुन् ।
९० देखि १०० वर्ष उमेर समूहमा ४ जना संक्रमित भएकाे मन्त्रालयले जनाएकाे छ ।
हाल देशभर कोरोना भाइरसका १४ हजार सात सय २४ सक्रिय संक्रमित रहेका छन् । योसँगै कोरोना संक्रमणबाट डिस्चार्ज हुनेको संख्या २ लाख ७६ ७सय ५५ पुगेको छ ।
काठमाडौं उपत्यकामा ९४० जना
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ७६० जना, भक्तपुरमा ७४ जना र ललितपुरमा १०६ जना कोरोना संक्रमित भेटिएका छन् ।
यस्तै बाँकेमा ३५४ , रुपन्देहीमा २२१, सुर्खेतमा ९१, दाङमा ७९, मोरङमा ७४, कैलालीमा ७२, कास्कीमा ६७, पर्सामा ६२, बर्दियामा ३९, पाल्पामा ३२, धनुषामा ३१ र मकवानपुरमा ३० जना संक्रमित भेटिएका छन् ।
चितवनमा २७, काभ्रेपलाञ्चोक र कञ्चनपुरमा २२/२२, बारामा २१, नवलपरासी पश्चिममा १७, कपिलवस्तुमा १५, महोत्तरी र गुल्मीमा १४/१४, रौतहट र अर्घाखाँचीमा १३/१३ जना, नुवाकोटमा १२, सुनसरी र वाग्लुङमा ११/११ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस