खेल

मलेसियालाई नेपालले दियाे २ सय १८ रनको लक्ष्य

काठमाडाैं । नेपालले त्रिकोणात्मक ट्वान्टी-२० क्रिकेट अन्तर्राष्ट्रिय श‌ृंखलामा मलेसिया विरुद्धको खेलमा नेपालले २ सय १८ रनको लक्ष्य दिएको छ ।

घरेलु मैदानमा लिगको अन्तिम खेलमा नेपालले अहिले मलेसियासँग प्रतिस्पर्धा गरिरहेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय १७ रन बनायो ।

कप्तान ज्ञानेन्द्र मल्लले ओपनर आसिफ शेखसँग ७३ रनको साझेदारी गरेका थिए । तर, उनी १२ औं ओभरको पहिलो बलमा लामो सट खेल्ने चक्करमा लङअनमा क्याच आउट हुन पुगे । मल्लले २५ बलमा एक चौका र ४ छक्का प्रहार गर्दै ४१ रन जोडे ।

नेपालले पहिलो विकेटको रुपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । भुर्तेललाई मोहम्मद आफिकले गरेको पाँचौ ओभरको पहिलो बलमा स्लिपमा रहेको साद अजिजले क्याच गर्दै पेभिलियन फर्काएका थिए । कुशलले १२ बलमा २ छक्का सहित १६ रनको योगदान दिए ।

गाउँ सहर संवाददाता