त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालकाे शानदार जित
- गाउँ सहर संवाददाता
- ५ असार बिहीबार, २०८२ | २३:१०:०० मा प्रकाशित

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्सलाई नेपालले पराजित गरेको छ ।
बिहिबार स्कटल्याण्डमा सम्पन्न खेलमा नेपाल ६ विकेटले विजयी भयो । १ सय ७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले ५१ बलमा ६ चौकाको सहयोगमा सर्वाधिक ६५ रनको अर्धशतकीय पारी खेले । यसका साथै कुशलले टि ट्वान्टी आई करियरको ११औं अर्धशतक पूरा गरेका हुन् । उनले ३८ बलमा अर्धशतक पूरा गरेका थिए ।
कुशलले ९.४ ओभरमा ४४ रन बनाउँदा विक्रमजित सिंहको बलमा नोहा क्रोसबाट क्याच छुट्दा जीवनदान पाएका थिए ।
कुशलले टि ट्वान्टी आईको ६० खेल खेल्दै ११ अर्धशतक पूरा गरेका हुन् । कुशलको नाममा टि ट्वान्टी आईमा १ शतक समेत रहेको छ । नेदरल्याण्ड्सविरुद्ध ९औं खेलमा उनको यो चौथो अर्धशतक हो ।
नेपालका अर्का ओपनर आसिफ शेखले कुशलसँग पहिलो विकेटका लागि २२ रनको साझेदारी गर्दै ६ बलमा ७ रनका साथ आउट भए । दोस्रो विकेटका लागि कुशलले भीम सार्कीसँग मिलेर ५४ रनको साझेदारी गरे ।
भीम १६ बलमा २ चौका र १ छक्काको सहयोगमा २७ रनमा आउट भए । भीमको यो टि ट्वान्टी आई डेब्यु खेल रहेको थियो । नेपालका लागि टि ट्वान्टी आईमा प्रतिनिधित्व गर्ने भीम ५२औं खेलाडी हुन् । भीमलाई नेपाली टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीले डेब्यु क्याप हस्तान्तरण गरेका थिए ।
तेस्रो विकेटका लागि कप्तान रोहितकुमार पौडेलले कुशलसँग खास साझेदारी गर्न सकेनन् । कप्तान रोहित ७ बलमा ५ रनमा आउट भए । चौथो विकेटका लागि भने आरिफ शेखसँग कुशलले सानदार साझेदारी गरे । उनीहरुले २७ बलमा ४४ रनको साझेदारी गरे । आरिफ २३ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३९ रनमा रिटार्यट हर्ट भए ।
पाँचौ विकेटका लागि आरिफसँग उपकप्तान दीपेन्द्रसिंह ऐरीले २० बलमा २७ रनको साझेदारी गरे । दीपेन्द्र १२ बलमा १६ रनमा अविजित रहे । लोकस बम ४ बलमा १२ रनमा अविजित रहे । लोकेसले छक्का प्रहार गर्दै नेपाललाई जित दिलाएका थिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७४ रनको मध्यम योगफल तयार गर्यो ।
नेदरल्याण्ड्सका लागि ओपनर माइकल लेविटले ५३ बलमा ६ चौका र ५ छक्काको सहयोगमा सर्वाधिक ८६ रनको अर्धशतकीय इनिङ खेले । शतक बनाउँन १४ रनले चुकेका लेविट करण केसीको बलमा कप्तान रोहित पौडेलबाट क्याच हुन पुगे ।
पाँचौ विकेटका लागि लेविटले सकिव जुल्फिकरसँग मिलेर ३३ बलमा ६३ रनको अर्धशतकी साझेदारी गरे । दुईबीचको महत्वपुर्ण साझेदारी सन्दीप लामिछानेले तोडेका थिए । सन्दीपले जुल्फिकरलाई ११ बलमा १४ रनमा आउट गर्दै साझेदारी तोडेका थिए ।
रोइलेफ भान डर मिर्वो २१ बलमा ३६ तथा आर्यान दत्त १८ बलमा १७ रन बनाउँदै नट आउट रहे । नेदरल्याण्ड्सका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि करण केसीले २ तथा सन्दीप, रुपेस सिंह, ललितनारायण राजवंशी, दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।
जितसँगै ३ खेलमा २ मा जित र १ मा हार बेहोरेको नेपाल ४ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । उता, सिरिजको अन्तिम खेल खेलेको नेदरल्याण्ड्स ४ अंकका साथ तालिकाको दोस्रो स्थानमा खस्किएको छ । स्कटल्याण्ड तेस्रो स्थानमा छ।
सिरिजको पहिलो भेटमा सोमवार नेदरल्याण्ड्सले नेपालमाथि रोमाञ्चक जित हासिल गरेको थियो । तेस्रो सुपर ओभरमा नतिजा निस्केको खेलमा नेदल्याण्ड्स विजयी भएको थियो ।
नेपालले सिरिजको अन्तिम खेलमा शुक्रवार स्कटल्याण्डसँग खेल्नेछ । डबल राउण्ड रोबिन लिगपछि शीर्ष टोली च्याम्पियन बन्नेछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- घट्याे दाेहाेराे अंकले नेप्से
- संसदमा चर्काचर्की (लाइभ)
- बाढी महाशाखाद्वारा आज काठमाडौँसहित ५६ जिल्लामा सतर्कता अपनाउन अनुराेध
- टी-२० सिरिजमा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै
- यस्ता कार्यसूची छन् आज बस्ने सङ्घीय संसद्का दुवै सदनको बैठकका
- गण्डकी प्रदेशका सांसद दीपक मनाङेकाे पद चैट
- मौसम पूर्वानुमान महाशाखाका अनुसार आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
- एससीटी–यूपीआई कार्डबाहक ग्राहकलाई मौलाकाली केवलकारमा छुट हुने
- रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न आदेश
- सेयर कारोबार रकमसँगै परिसूचक नेप्सेमा गिरावट
प्रतिकृया दिनुहोस