बच्चामा काेराेना संक्रमण बढ्याे, नयाँ थपिए २ हजार ३५१ संक्रमित, १० जनाकाे मृत्यु
- गाउँ सहर संवाददाता
- ८ बैशाख बुधबार, २०७८ | १७:३९:०० मा प्रकाशित
काठमाडाैँ । नेपालमा पछिल्लाे समय चाैबल काेराेना संक्रमण थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले बताएका छन् ।
नियमित पत्रकार सम्मेलनमार्फत उनले साे कुरा बताएका हुन् । उनले संक्रमितमध्ये बालबालिकाकाे संख्या बढ्दै गएकाे समेत बताए ।
पछिल्लाे २४ घण्टामा काेराेनाका कारण थप १० जनाकाे ज्यान गएकाे छ । याेसहित कुल मृतककाे संख्या ३ हजार ११२ पुगेकाे छ ।
मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा २ हजार ३५१ संक्रमित (पिसिआर २ हजार २२० र एन्टिजेन १३१) थपिएका छन् । याेसहित कुल संक्रमितकाे संख्या २ लाख ८९ हजार ७८७ पुगेकाे छ ।
नेपालमा कोरोना संक्रमित गम्भीर विरामीको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले १८० जनाको आइसियूमा, ४७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
देशमा १ हजार १८५ आइसियू र ५१२ भेन्टिलेटर मात्र छन् । देशमा अहिले कुल सक्रिय संक्रमितको संख्या १० हजार ५८२ रहेको छ ।
पछिल्लो २४ घण्टामा ८ हजार ८४४ पिसिआर विधिबाट र ८०३ को एन्टिजेन विधिबाट कोरोना टेस्ट भएको छ । जसमा दुबै गरेर २ हजार ३५१ संक्रमण पुष्टि भएको छ ।
नयाँ संक्रमितमध्ये काठमाडाैँमा ७८६, ललितपुरमा १८१ र भक्तपुरमा ८४ छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा स्वास्थ्य लाभ गर्नेको संख्या २८७ छ । याेसहित कुल स्वास्थ्य लाभ गर्नेकाे संख्या २ लाख ७६ हजार ९३ पुगेकाे छ ।
मन्त्रालयका अनुसार अहिले देशभरका संस्थागत आइसोलेशनमा ९ हजार ७४६ र हाेम आइसोलेशनमा रहने संक्रमितकाे संख्या ८३६ छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
- भोटेकोशी बाढीबाट भएको क्षतिमा २० अर्ब ९० करोडको बीमा दाबी, भुक्तानी २३ करोड मात्रै
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
प्रतिकृया दिनुहोस