काेराेना न्यूनीकरणका लागि सरकारको ३० बुँदे आदेश (सूचीसहित)
- गाउँ सहर संवाददाता
- ६ बैशाख सोमबार, २०७८ | २१:२६:०० मा प्रकाशित

काठमाडाैं । सरकारले कोभिड १९ संक्रमणकोे अत्यधिक जोखिम भएका स्थानका शैक्षिक संस्थाहरुको भौतिक पठनपाठन वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट निर्णय भएबमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले साँझ यो आदेश जारी गरेको हो ।
सरकारले कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र बनेपछि यसको रोकथाम र नियन्त्रणका लागि ३० बुँदे आदेश जारी गरेको छ ।
३० बुँदे आदेशमा वैशाख महिनाभर देशभरका प्रमुख शहरमा विद्यालय बन्द गर्ने, भीडभाड हुने सबै गतिविधिमा रोक लगाउने उल्लेख छ। त्यसैगरी, सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु राख्न नपाउने निर्णय गरेको छ ।
त्यसैगरी गाडीलाई नियमित सेनिटाइज गर्नुपर्ने, मास्क नलगाएकालाई गाडीमा छिर्न नदिने, चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनुपर्ने, हवाई यातायातको हकमा पर्याप्त स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने निर्णय गरिएकाे छ।
यसैगरी, बिहान ८ देखि राति ८ बजेसम्म मात्रै रेस्टुरेन्ट खोल्न दिने निर्णय गरिएकाे छ। ८ बजेपछि होम डेलिभरी भने गर्न पाइनेछ । राजमार्गका होटलमा स्वास्थ्यको मापदण्ड पालना गर्नुपर्नेछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस