कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु, थपिए १ हजार ९६, निकाे भए २६२
- गाउँ सहर संवाददाता
- ५ बैशाख आइतबार, २०७८ | १७:०३:०० मा प्रकाशित

काठमाडौँ । नेपालमा कोरोना संक्रमित गम्भीर विरामीको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले ११६ जनाको आइसियूमा, ४६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
देशमा १ हजार १०६ आइसियू र ४६१ भेन्टिलेटर मात्र छन् ।
देशमा अहिले कुल सक्रिय संक्रमितको संख्या ६ हजार २९० रहेको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार ८४ पिसिआर विधिबाट र ६२९ को एन्टिजेन विधिबाट कोरोना टेस्ट भएको छ । जसमा दुबै गरेर १०९६ संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ३ हजार ८३ पुगेको छ ।
नयाँ संक्रमित १ हजार ९६ जना थपिएका छन् । थपिएकासहित कुल संक्रमितको संख्या २ लाख ८४ हजार ६७३ पुगेको छ ।
काठमाडौँ उपत्यकामा मात्र, भक्तपुरमा ४५, ललितपुरमा ६४ र काठमाडौँमा ३२६ संक्रमित पछिल्लो २४ घण्टामा थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा स्वास्थ्य लाभ गर्नेको संख्या २६२ छ । योसहित कुल स्वास्थ्य लाभ गर्नेको संख्या २ लाख ७५ हजार ३०० पुगेको छ ।
मन्त्रालयका अनुसार आजसम्म २३ लाख ४५ हजार ५०१ जनाको पिसिआर टेस्ट भएको छ । अहिले देशभरका आइसोलेशनमा ६ हजार २९० र क्वारेन्टाइनमा रहनेको संख्या ८५ छ ।
छिमेक राष्ट्रहरुमा संक्रमण बढेसँगै मन्त्रालयले सावधानी अपनाउन आग्रह गरेको छ । सीमा नाकामा कडाईसँगै चेकजाँच समेत बढाइएको छ । पछिल्लो समय देशमा संक्रमितको दर बढ्दो छ ।
यति हुँदापनि विद्यालय र यातायात बारे सरकारले बन्द र जोरविजोर गर्ने कुनै निर्णय गरेको छैन ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
प्रतिकृया दिनुहोस