सुन तोलामा १ हजार रुपैयाँले बढ्याे
- गाउँ सहर संवाददाता
- २६ चैत बिहीबार, २०७७ | ११:३८:०० मा प्रकाशित
काठमाडाैं । बिहीबार नेपाली बजारमा सुनको मूल्य उच्च वृद्धि भएको छ । बिहीबार सुन तोलामा १ हजार रुपैयाँले बढेको हो ।
आज कायम भएको सुनको मूल्य चैत्र महिनाकै महङ्गो हो । महासंघका अनुसार चैत्र महिनामा सुन तोलको न्यूनतम ८५ हजार ६०० रुपैयाँसम्म झरेको थियो । पछिल्लो पटक फागुन १३ गते प्रतितोला ८९ हजार ३०० रुपैयाँमा कारोबार भएकोमा त्यसपछि सोभन्दा कम मूल्यमा कारोबार हुँदै आएको थियो । बैशाख सुरु भएसँगै विवाहको सिजन लाग्ने भएकाले पनि सुनको भाउमा वृद्धि भएको हो ।
मंगलबार देखि निरन्तर उकालो लागेको सुनको मूल्य बुधबारको तुलनामा बिहीबार प्रतितोला १ हजार रुपैयाँले बढेर ८९ हजार रुपैयाँ पुगेको छ ।
यसैगरी बिहीबार तेजावी ८८ हजार ५५० रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार २६० रुपैयाँ तोकिएको छ । चाँदी भाउमा पनि बुधबारको तुलनामा प्रतितोला १५ रुपैयाँले वृद्धि भएको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
प्रतिकृया दिनुहोस