मौसम आंशिक बदली हुने, वायु प्रदूषणमा केटाकेटी, बुढाबुढी र दीर्घरोगीलाई सावधानी अपनाउन सल्लाह
- गाउँ सहर संवाददाता
- २६ चैत बिहीबार, २०७७ | ०७:२६:०० मा प्रकाशित

काठमाडौं । आज दिउसो देशका पहाडी भू–भागमा आंशिकदेखि समान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहने जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश १ सहित बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा अपरान्हतिर मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको हाे ।
विभागका अनुसार आजराति देशका पहाडी भू–भागमा आंशिकदेखि समान्य रही बाँकी पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
विभागले देशको तराई र पहाडि भू–भागका केही स्थानमा तुवाँलो लागेकोले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । वायु प्रदूषणका कारण आँखा र नाक पोल्ने, टाउको दुख्नेजस्ता समस्या देखिँदै आएको छ ।
लामो समयदेखि पानी नपर्दा र धेरै ठाउँमा डडेलो लागेका कारण अध्यधिक मात्रामा वायु प्रदूषण भएकाले केहीदिन यता भिजिविलिटीसमेत न्यून हुँदै आएको छ । डडेलो नियन्त्रण नहुँदासम्म वायु प्रदूषण स्थिर रहने वातावरण विभागले बताएको छ ।
चिकित्सकहरूले नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सल्लाह दिएका छन् । वायु प्रदूषणको स्तर बढ्दै गइ मानव स्वास्थ्यमा खतरा पुग्ने स्थिति भएकोले अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन र केटाकेटी, बुढाबुढी तथा दीर्घरोगीले थप सावधानी अपनाउन चिकित्सककाे सल्लाह छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस