खनाल-नेपाल समूहले गठन गरे बागमती प्रदेशमा समानान्तर कमिटी
- गाउँ सहर संवाददाता
- २४ चैत मंगलबार, २०७७ | १३:५७:०० मा प्रकाशित

काठमाडाैं । नेकपा (एमाले) खनाल-नेपाल समूहले बागमती प्रदेशमा समानान्तर कमिटी गठन गरेको छ ।
सो समूहको आज बसेको स्थायी कमिटी बैठकले आइतबार अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा १७५ सदस्यीय प्रदेश कमिटी गठन गरेको हो ।
शाक्यको संयोजकत्वमा गठित कमिटीमा केदार न्यौपाने र पशुपति चौलागाईं सहसंयोजक छन् ।
कमिटीमा पेम्बा तामाङ, टोपबहादुर वाइबा, वसन्त मानन्धर, विष्णु देवकोटा, विष्णु लोहनी, रामप्रसाद अधिकारी, हरिप्रसाद शर्मालगायत छन् ।
नेपाल पक्षले आइतवार काठमाडौंमा कार्यकर्ता भेला गरी वसन्त मानन्धरको संयोजकत्वमा जिल्ला कमिटी गठन गरेको थियो ।
यसअघि कास्की, तनहुँ, लमजुङलगायतका जिल्लामा खनाल–नेपाल पक्षले समानान्तर कमिटी गठन गरिसकेको छ ।
खनाल-नेपाल समूहले समानान्तर कमिटी गठनलाई तीव्रता दिइरहेको छ ।
पार्टी पुनर्गठन अभियानअन्तर्गत तीनमहिने कार्यक्रम घोषणा गरेको सो समूहले समानान्तर कमिटी गठनलाई तीव्रता दिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस