खनाल-नेपाल समूहले गठन गरे बागमती प्रदेशमा समानान्तर कमिटी
- गाउँ सहर संवाददाता
- २४ चैत मंगलबार, २०७७ | १३:५७:०० मा प्रकाशित
काठमाडाैं । नेकपा (एमाले) खनाल-नेपाल समूहले बागमती प्रदेशमा समानान्तर कमिटी गठन गरेको छ ।
सो समूहको आज बसेको स्थायी कमिटी बैठकले आइतबार अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा १७५ सदस्यीय प्रदेश कमिटी गठन गरेको हो ।
शाक्यको संयोजकत्वमा गठित कमिटीमा केदार न्यौपाने र पशुपति चौलागाईं सहसंयोजक छन् ।
कमिटीमा पेम्बा तामाङ, टोपबहादुर वाइबा, वसन्त मानन्धर, विष्णु देवकोटा, विष्णु लोहनी, रामप्रसाद अधिकारी, हरिप्रसाद शर्मालगायत छन् ।
नेपाल पक्षले आइतवार काठमाडौंमा कार्यकर्ता भेला गरी वसन्त मानन्धरको संयोजकत्वमा जिल्ला कमिटी गठन गरेको थियो ।
यसअघि कास्की, तनहुँ, लमजुङलगायतका जिल्लामा खनाल–नेपाल पक्षले समानान्तर कमिटी गठन गरिसकेको छ ।
खनाल-नेपाल समूहले समानान्तर कमिटी गठनलाई तीव्रता दिइरहेको छ ।
पार्टी पुनर्गठन अभियानअन्तर्गत तीनमहिने कार्यक्रम घोषणा गरेको सो समूहले समानान्तर कमिटी गठनलाई तीव्रता दिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
प्रतिकृया दिनुहोस