दृष्‍टिकोण

स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीकाे भनाइले के संकेत गर्छ ?

काठमाडौँ । स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले अबका दिनमा जनस्वास्थ्यका मापदण्डलाई प्रभावकारी बनाउन सकिएन भने कोरोना संक्रमण उच्च हुने बताएका छन् ।

सोमबार प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिनेक्रममा स्वास्थ्य मन्त्री त्रिपाठीले पछिल्लो समय कोरोनाको संक्रमण बढ्दै गएको भन्दै जनस्वास्थ्यका मापदण्ड प्रभावकारी बनाउन नसके आगामी जेठ–असारमा कोरोना संक्रमण उच्च विन्दुमा पुग्ने बताएका हुन् ।

उनकाे याे भनाइले के संकेत गरेकाे छ, सहजै अनुमान गर्न सकिन्छ । किनकी छिमेकी राष्ट्रमा बढेकाे काेराेनाकाे दाेस्राे लहरसँगै नेपालमा जाेखिम बढेकाे छ ।

स्वास्थ्य मन्त्रीले सदनमा पछिल्लो समय कोरोनाको संक्रमण बढ्दै गइरहेको बताउँदै उनले अबका दिनमा जनस्वास्थ्यका मापदण्डलाई प्रभावकारी बनाउन सकिएन भने संक्रमण बढ्दै जेठ असारमा अर्को उच्च बिन्दुमा पुग्नसक्ने देखिएकाे बताएका थिए ।

उनले भने, ‘भारतमा देखिएको संक्रमणले हामीलाई थप सचेत र सतर्क बनाएको छ ।’

कोरोना नियन्त्रणका लागि आवागमनलाई थप प्रभावकारी बनाउनुका साथै शंकास्पद व्यक्तिलाई अनिवार्य क्वारेन्टिनमा राख्नुपर्ने उनले बताए । उनले भने, ‘कोभिड-१९ लाई नियन्त्रण गर्नको लागि आवागमनलाई थप व्यवस्थित गर्दै रोगको शीघ्र पहिचान, आइसोलेशन र शंकास्पद व्यक्तिलाई अनिवार्य क्वारेन्टिन र जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न सकेमा महामारीलाई नियन्त्रणमा राख्नुका साथै समयका हिसाबले पर धकेल्न सकिने भएकोले त्यसतर्फ सबैको ध्यान जान जरुरी छ।’

उता भारतमा संक्रमणकाे दर उच्च हुँदै गएकाे छ भने भारतका विभिन्न स्थानमा लकडाउन र कर्फ्यू जारी गरिएका छन् । खुला सीमा र राेजगारीकाे गन्तव्य नेपालीकाे भारत पर्ने हुनाले नेपाल सरकारले पनि सीमा क्षेत्रमा चेकजाँच कडा बनाएकाे छ । यसले संकेत गर्छ भने नेपालपनि काेराेना कहरकाे अर्काे लहरकाे उच्च जाेखिममा छ ।

खाेपकाे उपलब्धता पर्याप्तमात्रामा कतैपनि नभइरहेकाे र अनुदानकाे खाेप प्राथमिकीकरणमा लगाइरहेकाे याे विषम परिस्थितीमा सबैक्षेत्र खुलेका कारण जाेखिम रहेकाे विज्ञहरूले बताइरहेका छन् । त्यसमा पनि पछिल्लाे समय बढ्दै गएकाे असावधानीले जाेखिम बढ्ने उनीहरूकाे जिकीर छ ।

यसै समयमा सीमा नाकामा कडाइ गर्नु र काठमाडाैँ प्रवेश गर्नेले अनिवार्य एन्टीजेन परीक्षण गर्नुपर्ने कहर बढेकाे छ । र हामी थप जाेखिममा छाैँ भन्ने प्रष्ट पारिदिएकाे छ । साथै झनै आजको स्वास्थ्य मन्त्रीको बोलीले थप सजग र सावधान हुनुपर्ने कुरातर्फ सहजै इंगित गर्दछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत