अर्थतन्त्र

कोरोना सङ्क्रमणका कारण पाल्पाका थप एक व्यक्तिको मृत्यु

पाल्पा । कोरोना सङ्क्रमणका कारण पाल्पाका थप एक व्यक्तिको मृत्यु भएको छ । बुधवार राती ६५ वर्षीय वृद्धको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थी जानकारी दिए ।

तानसेन नगरपालिका ८ पिपलडाँडा घरमै बसिरहेको अवस्थामा उनको मृत्यु भएको हो । उनलाई किड्नीमा समस्या रहेको बताइएको छ । योसँगै पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ ।

गाउँ सहर संवाददाता