कला

प्रमोदको नयाँ गीत “माया मा” को छायांकन सुरु

  • १२ चैत बिहीबार, २०७७ | ०९:३२:०० मा प्रकाशित

काठमाडाैं । लामो समयदेखि नेपाली गीत संगीतमा आवद्ध प्रमोद निर्वाणले फेरी बिल्कुलै फरक गीत “माया मा” को छायांकन सुरु गरेका छन् ।

गीत, एरेन्ज, कम्पोज़ र निर्देशनसमेत गरेका “माया मा” गीतलाई प्रमोदले काठमाडाैंकाे हात्तिसरमा धमाधम सुटिङ्ग सुरु भई रहेको छ ।

केही दिनमा नगरकोट र पोखराका रमणीय स्थानमा सुटिङ्ग गर्ने प्रमोदले बताए । 

उक्त गीतलाई प्रमोद र अजय शाहीले ऱ्याप गाएका छन् ।

एम के मगरले खिचेका छन् भने मेकअपमा बिनिता पुरीले गरेकी छिन् ।

सि एम फुयाल नृत्य निर्देशन रहेको गीतमा अजय शाही र डिलु श्रेष्ठको अभिनय देख्न सकिन्छ ।

गीत नयाँ वर्षको अवसर पारेर सार्वजनिक गर्ने योजना रहेको पनि प्रमोदले सुनाए ।

तपाईँको मत