स्थानीय तहमा खर्च व्यवस्थापनकाे मापदण्डसहितकाे परिपत्र, कुन शीर्षकमा कति खर्च गर्न पाउने ?(पूर्णपाठ)
- गाउँ सहर संवाददाता
- ५ चैत बिहीबार, २०७७ | १३:५१:०० मा प्रकाशित

काठमाडौं । सरकारले देशभरका स्थानीय तहका लागि खर्च व्यवस्थापन सम्वन्धी नमूना निर्देशिका बनाएर ७ सय ५३ वटै स्थानीय तहलाई पठाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘गाउँपालिका/नगरपालिका कार्यसञ्चालन नमुना निर्देशिका, २०७७’ तयार पारेर स्थानीय तहलाई परिपत्र गरेको हो ।
निर्देशिकामा स्थानीय तहका जनप्रतिनिधिले पाउने दैनिक वैठकभत्ता देखि सवारी सुविधासम्मका सीमाहरु तोकिएका छन् ।
बैठक भत्ता, खाजा तथा अतिथि सत्कार, चियापान, दैनिक भत्ता तथा भ्रमण खर्च पारवहन तथा इन्धन सुविधा, सञ्चार, प्राेत्सान, पाेशाक भत्ता कति पाउने र कतिसम्म खर्च गर्ने भन्ने मापदण्ड निर्देशिकामा उल्लेख छ ।
सीमाभन्दा बढी खर्चको आदेश भएको अवस्थामा भने आधार र औचित्यसहित कार्यपालिका बैठकमा पेश गर्नुपर्नेछ । कार्यपालिकाको स्वीकृति नभई त्यस्तो रकम भुक्तानी नहुने व्यवस्था नमुना निर्देशिकामा गरिएको छ ।
निर्देशिकामा तालिम/गाेष्ठी/सेमिनार/कार्यशाला सञ्चालन खर्चदेखि बिजुली, पानी, टेलिफाेन तथा घरभाडा, जिन्सी व्यवस्थापन लगायत अन्य विभिन्न खर्चहरूकाे व्यवस्थापन निर्देशिकामा उल्लेख छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस