स्वास्थ्य

विश्वभर काेराेना भाइरस सक्रिय २ कराेड ७ लाख जनामध्ये ८८ हजार बिरामी सिकिस्त

काठमाडौं । हाल विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने भन्दा निको हुनेको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड ७ लाख ६८ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ९ करोड ७७ लाख ६८ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १२ करोड १२ लाख १९ हजार नाघेको छ भने मृतकको संख्या २६ लाख ८१ हजार ७६८ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ८८ हजार ५८४ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड १ लाख ९२ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख ४९ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ९ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड २३ लाख ४० हजार भन्दा बढि जना निको भइसकेका छन् भने ७३ लाख २ हजार जनामा भाइरस सक्रिय छ । 

दाेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड १६ लाख ९ हजार जना संक्रमितमध्ये १ कराेड २ लाख ४ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने २ लाख ८२ हजारभन्दा बढी छन् । हाल ११ लाख २२ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड १४ लाख ३८ हजार ४६४ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ५९ हजार ७९ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड १० लाख ४३ हजार ३७७ जना निको भएका छन् । सक्रिय केस २ लाख ३६ हजार ८ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ७५ हजार ४२४ जना पुगेका छन् भने २ लाख ७१ हजार ४९५ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३ हजार १४ पुगेको छ भने ९१५ जना उपचाररत छन्  ।

गाउँ सहर संवाददाता

तपाईँको मत