टिचिङमा पहिलो पटक बालबालिकामा कलेजो प्रत्यारोपण, ११ महिने बालकलाई बुबाकाे कलेजो
- गाउँ सहर संवाददाता
- १ चैत आइतबार, २०७७ | ०८:५५:०० मा प्रकाशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पताल महाराजगञ्जमा ११ महिनाको बालकमा कलेजो प्रत्यारोपण गरिएको छ ।
कलेजो प्रत्यारोपण सर्जन प्राध्यापक डा. रमेश सिंह भण्डारी नेतृत्वको टोलीले प्रत्यारोपण गरेको हो ।
टिचिङमा पहिलो पटक बालबालिकामा कलेजो प्रत्यारोपण भएको हो ।
डा. भण्डारीको नेतृत्वमा भएको यो पाँचौं सफल प्रत्यारोपण हो । प्रत्यारोपण राति १२ बजे सकिएको डाक्टर भण्डारीले बताएका छन् । बालकलाई ३५ वर्षीय बुबाले दिएको कलेजो ११ महिनाको छोरामा प्रत्यारोपण गरिएको डा. भण्डारीले जानकारी दिए ।
बालकका आफन्तले विदेशमा प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुरोध गरेको र ओलीकै पहलमा प्रत्यारोपण गरिएको डा. भण्डारीले बताए ।
पहिलो पटक छोरीले बाबुलाई दिएको कलेजो प्रत्यारोपण गरिएको थियो । टिचिङमा गत वर्ष नै कलेजोको प्रत्यारोपण शुरू भए पनि कोरोना महामारीका कारण रोकिएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस