टिचिङमा पहिलो पटक बालबालिकामा कलेजो प्रत्यारोपण, ११ महिने बालकलाई बुबाकाे कलेजो
- गाउँ सहर संवाददाता
- १ चैत आइतबार, २०७७ | ०८:५५:०० मा प्रकाशित
काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पताल महाराजगञ्जमा ११ महिनाको बालकमा कलेजो प्रत्यारोपण गरिएको छ ।
कलेजो प्रत्यारोपण सर्जन प्राध्यापक डा. रमेश सिंह भण्डारी नेतृत्वको टोलीले प्रत्यारोपण गरेको हो ।
टिचिङमा पहिलो पटक बालबालिकामा कलेजो प्रत्यारोपण भएको हो ।
डा. भण्डारीको नेतृत्वमा भएको यो पाँचौं सफल प्रत्यारोपण हो । प्रत्यारोपण राति १२ बजे सकिएको डाक्टर भण्डारीले बताएका छन् । बालकलाई ३५ वर्षीय बुबाले दिएको कलेजो ११ महिनाको छोरामा प्रत्यारोपण गरिएको डा. भण्डारीले जानकारी दिए ।
बालकका आफन्तले विदेशमा प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुरोध गरेको र ओलीकै पहलमा प्रत्यारोपण गरिएको डा. भण्डारीले बताए ।
पहिलो पटक छोरीले बाबुलाई दिएको कलेजो प्रत्यारोपण गरिएको थियो । टिचिङमा गत वर्ष नै कलेजोको प्रत्यारोपण शुरू भए पनि कोरोना महामारीका कारण रोकिएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
प्रतिकृया दिनुहोस