खेल

सिन्धुपाल्चोकमा जिल्ला स्तरीय खुल्ला भलिबल प्रतियोगिता

चौतारा । सिन्धुपाल्चोकमा जिल्ला स्तरीय खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ ।

योङ स्टार युवा क्लब मेलम्ची नगरपालिका वडा नम्बर ७ दुवाचौरको आयोजनामा प्रतियोगिता फागुन २० गतेबाट सुरु हुनेछ ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश ७५ हजार, ५० हजार र २५ हजार रुपैंया प्रदान गरिने आयोजकले जनाएकाे छ ।

प्रतियोगिताको उद्घाटन मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले गर्ने छन् ।

कार्यक्रमको समापन नेकपाका दाहाल नेपाल समहुका अध्यक्ष माधब कुमार नेपालले गर्ने आयोजकले जनाएको छ ।

गाउँ सहर संवाददाता