गाउँ सहर

राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गते प्रतिनिधि सभाको अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेकी छन् ।

राष्ट्रपति भण्डारीले फागुन २३ गते दिउँसो ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले फागुन २३ गते अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

सरकारले प्रतिनिधि सभा बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

संसद अधिवेशन आह्वान भएसँगै प्रतिनिधिसभाबाट नयाँ सरकार गठनको पहल थालिने बताइएको छ ।

गाउँ सहर संवाददाता