बागमती प्रदेशका मुख्यमन्त्री अविश्वासको प्रस्तावबाट भाग्न खोजे : विवेकशील साझा पार्टी
- गाउँ सहर संवाददाता
- ६ फाल्गुण बिहीबार, २०७७ | १२:११:०० मा प्रकाशित

काठमाडाैं । विवेकशील साझा पार्टीले बागमती प्रदेशका मुख्यमन्त्री अविश्वासको प्रस्तावबाट भाग्न खोजेकाे जनाएकाे छ ।
बागमती प्रदेशकाे प्रदेश सभा बैठक सूचना टाँस गरि अनिश्चित कालका लागि स्थगित भएकाेमा विवेकशील साझा पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ ।
विवेकशील साझा पार्टी बागमती प्रदेश सभा संसदीय दलका नेता रमेश पौड्यालले एक ध्यानकर्षणपत्र सार्वजनिक गर्दै माघ ७ गते बागमती प्रदेश सभाको सातौँ अधिवेशन सुरु भए यताको करिब एक महिनामा जम्मा दुई वटा मात्र बैठक बसेको भन्दै स्थगित प्रदेश सभा शीघ्र सुचारु गर्न जोडदार माग गरेका छन् ।
विज्ञप्तीमा भनिएकाे छ, "माघ ७ गतेको पहिलो बैठक औपचारिक शुभकामना आदानप्रदानमा सीमित रह्यो भने माघ ९ गते सत्ताधारी दल, नेकपाकै ४५ जना सदस्यहरूद्वारा मुख्यमन्त्री विरुद्ध दर्ता अविश्वासको प्रस्ताव टेबुल गरिएको थियो । त्यसयता सभाका बैठकहरू सञ्चालन हुन सकेका छैनन् । फलस्वरूप, प्रदेश सभामार्फत नागरिकका आवाज मुखरित गर्ने अवसर प्रदेश सभा सदस्यहरूले पाएका छैनन् । सत्ताधारी नेकपा भित्र देखिएको विवादको चपेटामा परेर प्रदेश सभाले आफ्नो बैठकसमेत सञ्चालन गर्न नसक्ने स्थिति उत्पन्न हुनुले आम जनमानसमा प्रदेश संरचनाप्रति नै वितृष्णा पैदागराएको स्थिति छ ।"
विवेकशील साझा पार्टीले स्थगित प्रदेश सभा शीघ्र सुचारु गर्न माग गरेकाे छ ।
"विगतमा कार्य व्यवस्था परामर्श समितिको बैठक बसी उक्त समितिको सल्लाहको आधारमा सभा सञ्चालन गर्ने र कार्यसूची तय गर्ने सम्बन्धी आवश्यक निर्णयहरू हुँदै आएकोमा हाल आएर सभामुखको हठात् निर्णयद्वारा एकाबिहानै गरिएको यो स्थगन अस्वाभाविक छ । २०७७ पौष १० गते प्रदेश मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको र २०७७ माघ ९ गते प्रदेश सभामा प्रस्ताव टेबुल समेत भैसकेको सन्दर्भमा विना कुनै विलम्ब यो विषयमाथि छलफल गरी निष्कर्षमा पुग्नु नै प्रदेश सभाको प्राथमिक कार्यभार हुनु पर्दछ भन्ने हाम्रो ठहर छ । अतः सभामुखमाथि अनावश्यक दबाब सृजना गरी अविश्वासको प्रस्तावबाट भाग्न खोज्ने प्रदेश सरकारको प्रवृत्तिको हामी विरोध गर्दछौँ र लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् गर्दै स्थगित प्रदेश सभा शीघ्र सुचारु गर्न जोडदार माग गर्दछौँ" विज्ञप्तीमा उल्लेख छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- हरियाली बाटाेमा शेयरबजार, लगानीकर्तामा थपियाे उत्साह
- साउने संक्रान्ति : लुतो फ्याँक्ने चलन, किन फालिन्छ लुतो नयाँ पुस्तालाई थाहै छैन्
- बिर्सनुभयाे कि -बीपी राजमार्गमा आजदेखि राति १२ घण्टा यातायात सञ्चालन नहुने
- आर्थिक वर्षकाे अन्तिम दिन नेप्से परिसूचक २८ सय नजिक, काराेबार रकममा वृद्धि
- बैंकहरूले साउन महिनाका लागि घटाए ब्याज दर, बैंकमा पैसा थुप्रियाे
- ३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
प्रतिकृया दिनुहोस