संसद पुर्नस्थापना नभए मुलुक विदेशीको खेलमैदान – नेता सिंह
- गाउँ सहर संवाददाता
- ३ फाल्गुण सोमबार, २०७७ | २०:३१:०० मा प्रकाशित

पोखरा । पोखराको लेखनाथमा नेपाली काँग्रेसको विरोध सभा सम्पन्न भएको छ । सभामा बोल्दै नेपाली काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले संसद पुर्नस्थापना नभए मुलुक विदेशीको खेलमैदान बन्ने बताएका छन् ।
नेपाली काँग्रेस कास्कीले पोखराको लेखनाथमा आयोजना गरेको विरोधसभामा सिंहले संसद पुर्नस्थापना भएमा नेपाल नेपालीकै हातमा रहने र नभए बाह्यशक्ति हावी हुने बताएका हुन् । उनले संविधानलाई असफल बनाउन ओलीले संसद विघटन गरेको आरोप लगाए । उनले ओलीले हिजो दुईतिहाइ मतका आधारमा प्रधानमन्त्री बनेपनि उनले दुईतिहाइको त्यो मत धान्न नसकेको बताए । ‘ओली प्रधानमन्त्री हुँदा उनीसँग दुईतिहाइ मत थियो, तर, उनले त्यो धान्न सकेनन्,’ सिंहले भने, ‘अब पनि दुईतिहाइ ल्याएर उनीसँग आशा गर्ने ठाउँ रहँदैन ।’
प्रधानमन्त्री ओलीले लामो समयपछि सिंहदरबार प्रवेश गर्दा नौटंकी देखाएको बताए । कार्यक्रममा पूर्व सभामुख तारानाथ रानाभाटले ओली अहिलेको व्यवस्था नै असफल बनाउन उद्दत रहेको बताए ।‘देश कहाँ जान्छ भन्ने अवस्था रहेन,’ रानाभाटले भने, ‘संसद पुर्नस्थापना नै कांग्रेसको मूल उद्देश्य हुनुपर्छ । कांग्रेसले दोधारे नीति बनाउनु हुँदैन ।’ उनले बताए ।
कांग्रेसका जिल्लास्तरीय नेताहरुले पनि ओलीको कदमको विरोध गरेका थिए । काँग्रेसका नेताहरु शुक्रराज शर्मा र यज्ञबहादुर थापा लगायतले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर मुलुकलाई नै अप्ठेरो अवस्थामा लगेको बताए ।
कास्कीको लेखनानमा काँग्रेसले आयोजना गरेको विरोधसभामा पोखरा र आसपासका गाउँबाट समेत काँग्रेस कार्यकर्ता आएको कांग्रेस कास्कीका प्रवक्ता नविन सिग्देलले बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्रतिकृया दिनुहोस