वाणिज्य बैंकहरुको ११.३, विकास बैंकहरुको १५.३ र वित्त कम्पनीहरुको कर्जा प्रवाह ०.३ प्रतिशतले बढ्याे
- गाउँ सहर संवाददाता
- २७ माघ मंगलबार, २०७७ | १८:४२:०० मा प्रकाशित

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०७७/७८ को ६ महिनाको तथ्याङ्कमा आधारित) सार्वजनिक गरेकाे छ ।
सार्वजनिक तथ्यांक भन्छ- समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ९.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ६.२ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २२.० प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार, २०७७ पुसमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.५ प्रतिशत, ३३.६ प्रतिशत र ४९.२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.५ प्रतिशत, ३१.९ प्रतिशत र ४९.२ प्रतिशत रहेको थियो ।
२०७७ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४२.५ प्रतिशत रहेको छ । २०७६ पुस मसान्तमा यस्तो निक्षेपको अंश ४५.१ प्रतिशत रहेको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार, समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ११.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ८.६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १४.९ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ११.३ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह १५.३ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ०.३ प्रतिशतले बढेको छ ।
२०७७ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.३ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.२ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७६ पुस मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४.९ प्रतिशत र १३.५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएकाे छ ।
आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा २०.२ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ६.९ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ६.३ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ६.९ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ९.५ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ११.९ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार, समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ११.५ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १३.४ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा १३.६ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ४.० प्रतिशतले, मार्जिन प्रकृति कर्जा ५०.२ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा ५.६ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ४.४ प्रतिशतले घटेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
प्रतिकृया दिनुहोस