ओली सरकारले भ्रष्टाचारलाई संस्थागत गर्यो : अध्यक्ष लाेहनी
- गाउँ सहर संवाददाता
- ९ माघ शुक्रबार, २०७७ | १७:०३:०० मा प्रकाशित
.jpeg)
महोत्तरी । राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारलाई संस्थागत गरेको आरोप लगाएका छन् ।
महोत्तरीको जलेश्वरमा राप्रपा जिल्ला स्तरीय भेलालाई सम्बाेधन गर्दै लोहनीले कानुनी राज स्थापनाको लागि पनि सर्वोच्चको फैसलाले देशको भविष्यको अस्तित्वलाई दूरगामी प्रभाव पार्ने बताएका छन् ।
उनले वाइडवडी, ओम्नी, ललितानिवास, यति समूह लगायत विवादित विषयमा प्रत्यक्ष सरकारी सहभागीको कारण मुलुकको अर्थतन्त्र डामाडोल भएको बताएका छन् ।
मुलुकको समृद्धिको निमित्त अर्थ र राजनीति दुवै सुरक्षित ढंगले बढ्नुपर्नेमा ओलीले मुलुकको अर्थतन्त्र धरापमा परेको कारण राजनीती सुरक्षित नरहेको बताएका छन् ।
प्रधानमन्त्री कार्यालयको रवरछापको रुपमा राष्ट्रपति कार्यालय रहेकोले राष्ट्रपतिय व्यवस्थाबाट मुलुकले अभिभावकीय भूमीका निर्वाह हुन नसकेको कारण संविधान भित्रको राजसंस्थाले नेपालीबीचको एकता, अस्तित्व र नेपालीहरुलाई संरक्षण गर्न सक्ने संस्थाको रुपमा राजसंस्थाको अपरिहार्यता झनै सान्दर्भिकता देखिएको बताए ।
लोहनीले प्रदेश २ को द्रुत आर्थिक प्रगति नहुन्जेल नेपालको आर्थिक विकास र खाद्य सुरक्षा हुन नसक्ने बताए ।
मधेसी जनताको पुरै उपेक्षा गरेर मधेसलाई ठूला दलहरुले प्रयोग गर्ने स्थान वा वस्तु मात्र बनाएको बताउदै समावेशी र समानुपातिक ढंगले सबै वर्ग, क्षेत्र र लिङ्गलाई राष्ट्रको मुलधारमा स्थापित गराउने राजनीतिक दलको राप्रपालाई पुन स्थापित गराउनु आफूहरु लागि परेको बताएका छन् ।
मधेसी जनताको हक, अधिकार विभेदको अन्त्यको साथै राज्य व्यवस्थामा समावेशी र समानुपातिक प्रतिनिधित्वको लागि राप्रपा प्रतिवद्ध रहेको समेत बताए । यस परिवेशमा मुलुकलाई स्थायित्व दिन संविधानभित्रको राजसंस्था आजको आवश्यकता रहेको बताउदै राजसंस्था स्थापनार्थ राप्रपा आन्दोलित रहको समेत बताए ।
मानव विकासको दृष्टिकोणले प्रदेश नं २ का केही जिल्ला संकटको स्थानमा छन् ।यो तथ्यलाई प्रदेश र केन्द्र सरकारले आजसम्म पुरै उपेक्षा गरेका छन् । यो स्थानमा आमुल परिवर्तन गरि प्रदेश नं २ लाई राष्ट्रको अर्थतन्त्रको अग्रणी शक्ति बनाउन राप्रपा प्रतिवद्ध रहेको समेत बताए ।
कार्यक्रम पार्टी जिल्ला अध्यक्ष राजेश्वर राय यादव को सभापतित्वमा सम्पन्न भयको थियो।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस