स्वास्थ्य

बिहीबार काेराेना निकाे हुनेभन्दा संक्रमित संख्या बढि, थप चार जनाकाे मृत्यु

काठमाडौं । बिहीबार काेराेना संक्रमित निकाे हुने भन्दा संक्रमितकाे संख्या बढि देखिएकाे छ । 

यसदिन काेराेना संक्रमणमुक्त हुने २२६ जना छन् भने नयाँ संक्रमित थपिने ३३६ जना रहेका छन् । 

नेपालमा पछिल्लो २४ घण्टामा थप ३३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ६४६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३ हजार ७९९ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप २२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६२ हजार ८६८ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९७९ पुगेको छ ।

गाउँ सहर संवाददाता