जोर कमरेड
- धनराज गिरी
- १ माघ बिहीबार, २०७७ | २१:१७:०० मा प्रकाशित

लघुकथा :
---"हाम्रो महान् यात्रामा हामी एक दिन सफल हुनेछौं" एक भूमिगत बैठकमा रातो टोपीधारी बडा कमरेड बोले, ४४ वर्ष अघि | १८ वर्षका जोर किशोर रवि र छविले नाम राखे आफ्नो "कमरेड बिस्फोट र कमरेड आक्रमण !" यसरी लालनगर वासी हुन पुगे | "बुर्जुवा शिक्षा --मुर्दावाद !" आनन्द भो --न पढ़ाइ --न परीक्षा ! लागे रुकुम ---आफ्नो हुकुम |
---२०३६, २०४६, २०५१, २०५६, २०५८, २०६२ .........पार गरी समय पुग्यो २०७७ साल पौष ५ गते | १७००० एक विम्व भयो --अनेक भयो | लीला, हो राजनीतिको नाममा लीला भयो | यतिखेर कमरेड बिस्फोट र कमरेड आक्रमण दुई वर्गमा विभाजित हुन पुगे | रवि लाग्यो गौरतिर र छवि झापा | जीवनपद्धति पनि अलग --अलग | रवि हिजो जून साइकलमा थियो आज पनि उही साइकलमा,डेरा उही शाक्य बूढाको घरमा | तर छवि ---ऊ आफ्नो महल र गाडीमा, पत्नी कीमती साडीमा | पत्रकार अन्वेषकनारायण कोइरालाले यी "जोर कमरेड" का बारेमा थाहा पायो र रविको डेरामा आयो | आफ्नो उद्देश्य बतायो |
"कमरेड रविजी, हजुरहरूको जीवनकथा पहिले अनुरूप, अहिले विरूप किन ? एक मित्र जापान अर्को नेपाल किन ? एक राजा भोज अर्को गंगू तेली किन ? उही होइन लगानी ?" पत्रकारको प्रश्न सुनेर विचलित भएन रवि, उसले अनेक कमरेड मात्र होइन हरेक राजनीतिक दलका मौकापरस्त र भौतिकताप्रेमी राजनीतिक स्यालहरूको जीवनमा आएको "भौतिक -गुलजार" देखेको थियो | सत्तामा "लाल" भएकाले हाल अनिकालमा ताल मिलाउन विवश हुनेको नजर राता फूलहरूमा परे --सामान्य कुरा | शान्त भएर बोल्यो रवि, "सामान्य कुरा हो, परिवर्तनपछि म 'शुभकामान 'प्रदान गर्ने फांटमा परें --मित्रले "शुभ लाभ" विभाग पाएँ --हामी "जोर कमरेडको" कथा यत्ति हो, झोक चलेर जोर कमरेडको बदला "चोर कमरेड" नलेख्नु होला, हामी सबै चोर नभएको कुरा हामीभन्दा बढी सज्जन पत्रकार बन्धुहरूलाई थाहा छ, चिया कि कफी ? चिया पिएर मनभित्र "जोर कमरेड" बोकी कोइराला फर्कियो |
प्रतिकृया दिनुहोस