संवैधानिक परिषद् ऐन संशोधन अध्यादेशप्रति प्रचण्ड र कांग्रेसकाे आपत्ति
- गाउँ सहर संवाददाता
- ३० मङ्सिर मंगलबार, २०७७ | १६:०७:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन अध्यादेशलाई लिएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र थप विवाद बढेकाे छ ।
राष्ट्रपति भण्डारीले मगंलबार जारी गरेकाे उक्त अध्यादेश आजै बसेको मन्त्रिपरिषद् बैठकमा अध्यादेशबारे कुनै छलफल नभएको र पार्टीमा समेत छलफल नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताएका छन् ।
अध्यक्ष प्रचण्डले अध्यादेशप्रति आपत्ती जनाउँदै त्यो तत्काल फिर्ता हुनुपर्ने माग गरेका छन् ।
अध्यादेश तुरुन्तै खारेज गर्नुपर्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै उनका प्रेस संयोजक विष्णु सापकोटाले भने,' पार्टीहरूले पनि संसद अधिवशेन बोलाउन माग गरिहरहेको र संसद अधिवशेन नजिकै आइरहेको बेलामा जुन ढंगले अध्यादेश आएको छ । यो बदनियतपूर्ण छ। यसलाई तुरुन्तै खारेज गर्नुपर्छ।’
मंगलबार बिहान प्रधानमन्त्री केपी ओलीले बोलाएको संवैधानिक परिषदको बैठकमा सभापति शेरबहादुर देउवाले अध्यादेश ल्याउने कुरामा असहमति राखेको कांग्रेसका एक नेताले बतायो।
बैठकबाट निस्किँदा निस्किँदै देउवाले प्रधानमन्त्री ओलीसँग अध्यादेशबारे असहमति राखेको ती नेताले बताए।
नेकपा वरिष्ठ नेता झलनाथ खनालले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएर सरकारले मनपरी गरेको आरोप लगाएका छन् ।
नारायणकाजी श्रेष्ठले पनि अध्यादेश जारी भएकोमा आपत्ती जनाएका छन् ।
स्थायी कमिटी सदस्य जनार्दशन शर्माले अध्यादेशलाई लिएर आपत्ती जनाएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत भनेका छन्,‘सत्ता स्वार्थको परकाष्ठा किन ? छलफल, सहमतिको सहज प्रक्रियाको सट्टा असहज प्रक्रियाको सहारा भनेको असफलताको बाटो बाहेक केही हुन सक्दैन । हतास मनस्थिति बाट मुक्त होऔ ! अध्यादेश फिर्ता गर।’

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गिरीकाे कारबाही फिर्ता माग गर्दै लिङ्देनलाई कर्णाली प्रदेशका जिल्ला अध्यक्षहरुको सामुहिक अपिल
- साफ यू-२० महिला च्याम्पियनसिपको उपाधिका लागि बंगलादेशसँग भिड्दै नेपाल
- आज साउनको पहिलो सोमबार पशुपतिमा श्रद्धालुहरुको घुइँचो
- पर्यटन प्रवर्द्धनकाे खाेजीमा सुनापति गाउँपालिका
- रूपन्देही–३ मा यस्ताे छ उपनिर्वाचनकाे कार्यतालिका
- नेप्सेमा २१ अर्ब ४६ करोडकाे काराेबार
- आज संघीय संसद्का विभिन्न पाँच समितिको बैठक बस्दै
- विद्या भण्डारीको सदस्यता स्थगन अवस्थामा छ : एमाले
- चालु आवमा दैनिक २.५५ किमी सडक निर्माण भएकाे प्रधानमन्त्रीकाे दाबी
- हरियाली बाटाेमा शेयरबजार, लगानीकर्तामा थपियाे उत्साह
प्रतिकृया दिनुहोस