कक्षा १२ का ४ लाख ३२ हजार विद्यार्थीले आजबाट परीक्षा दिँदै
- गाउँ सहर संवाददाता
- ९ मङ्सिर मंगलबार, २०७७ | ०८:२३:०० मा प्रकाशित

काठमाडाैं । नियमित तालिका अनुसार यतिबेला कक्षा १२ काे परीक्षा भएर परीक्षाफल प्रकाशित भइ स्नात्तक तहकाे पढाइ शुरू भएकाे पनि दुई महिना बढि भइसक्नुपर्ने थियाे । तर विश्वभर फैलिएकाे काेराेनाभाइरस महामारीका कारण वैशाखमा रोकिएकाले आजबाट शुरु हुँदै छ ।
देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थी सहभागी हुने परीक्षा साढे १ घण्टाको हुनेछ । ४ हजार १ सय ५ विद्यालयमा हुने परीक्षामा पूर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाइएको छ ।
परीक्षामा सामेल हुने विद्यार्थीको ज्वरो अनिवार्यरुपमा परीक्षण गर्नुपर्नेछ । मास्क अनिवार्य लगाउनुपर्ने व्यवस्था गरेको छ । करिब डेढ घण्टाको परीक्षा आफ्नै विद्यालयमा दिन पाउनेछन् अर्थात् बोर्डले होम सेन्टरको व्यवस्था गरेको छ ।
बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले एउटा कोठामा दुई मिटरको दूरी हुने गरी २० जनासम्म मात्र राख्न पाइने व्यवस्था भएको जानकारी दिए । स्थानीय निकायको सहयोगमा परीक्षा व्यवस्थापन गरिएको बोर्डको भनाइ छ ।
राष्ट्रिय परीक्षा बोर्डले घरपायक र फरक जिल्लाका परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाएको छ । त्यसका लागि सम्बन्धित विद्यालयले विद्यार्थीलाई प्रवेशपत्र पठाउनुपर्नेछ । त्यसरी घरपायक फरक जिल्लाबाट परीक्षा दिने विद्यार्थीको संख्या करिब १३ हजार रहेको बोर्डको भनाइ छ । परीक्षा शुरु भएपछि अन्यलाई प्रवेशमा रोक लगाइएको छ । केन्द्राध्यक्ष र निरीक्षकले समेत अनिवार्यरुपमा ज्वरो परीक्षण गरी मास्क लगाउनुपर्ने व्यवस्था गरेको छ ।
विद्यालयले हेल्थ सेन्टर राख्नुपर्नेछ । बोर्डका अध्यक्ष प्राडा पौडेलले आजबाट शुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको बताए । हिमाली र उच्च पहाडी जिल्लामा प्रश्नपत्र पुगिसकेका छन् अन्यको हकमा विद्यार्थी परीक्षा हलमा प्रवेश गरेपछि मात्र अनलाइन प्रश्नपत्र पठाउनेछ ।
प्रश्नपत्र हेर्न सबै केन्द्रलाई छुट्टै कोर्डको व्यवस्था गरेको छ । कोड नम्बरअनुसार प्रश्नपत्र हेर्न पाइने व्यवस्था छ । यो वर्ष बोर्डले उपत्यका, पूर्वाञ्चल, पश्चिमाञ्चललगायतका प्रदेशअनुसार फरक प्रश्नपत्र तयार गरेको छ ।
‘अनिवार्य विषयका करिब ५ सेट प्रश्नत्रप तयार पारेका छौं।’ –अध्यक्ष प्राडा पौडेलको भनाइ छ । बोर्डले कोभिड संक्रमण देखिएका विद्यार्थीलाई छुट्टै परीक्षा दिने व्यवस्था गरेको छ ।
परीक्षाको प्रदेश परीक्षा कार्यालय, स्थानीय निकायका शिक्षा शाखा र जिल्ला शिक्षा समन्वय समितिले परीक्षा अनुगमन गर्नेछ । परीक्षा बिहान ८ बजेदेखि साढे ९ बजेसम्म डेढ घण्टाको हुनेछ । मंसिर ९ देखि सो परीक्षा १६ गतेसम्म हुनेछ । बोर्डले यो वर्ष ४० प्रतिशतका लागि मात्रै परीक्षा सञ्चालन गर्न लागेको हो । बाँकी ६० प्रतिशतमध्ये ४० प्रतिशत अंक कक्षा ११ र २० प्रतिशत कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिनेछ ।
कक्षा ११ को वार्षिक वा ग्रेड वृद्धि परीक्षामा सैद्धान्तिकतर्फ प्राप्त विषयगत प्राप्तांकलाई शतप्रतिशत मानी ४० प्रतिशत अंकभार कक्षा १२ को मूल्यांकनमा जोडिनेछ । बोर्डले परीक्षा सकिएको एक साताभित्र सबै उत्तरपुस्तिका परीक्षण गरी अंक पठाउन निर्देशन दिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मिथेन ग्यास र फलाम उत्खननमा शीघ्र लाग्न प्रधानमन्त्री ओलीको निर्देशन
- यस्ताे छ संघीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची
- पशुपति क्षेत्र विकास कोषमा भ्रष्टाचार, सदस्य–सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध मुद्दा
- शेयरबजार : नेप्से २६०० अंकबाट पनि ओरालो
- सिंगापुरमाथि नेपालको शानदार जित
- रास्वपा बेलमै घेरेर बसेपनि चलिरह्ये संसद (लाइभ)
- एसिसी यु–१६ कप क्रिकेट : नेपालले पहिलो खेल आज सिङ्गापुरसँग खेल्दै
- संसदमा रास्वपाको अवरोध कायमै, पेलेर अघि बढे सभामुख (LIVE)
- नागार्जुनका मेयर बस्नेतले ९ करोड २२ लाख घुस खाएको ठहर
- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार
प्रतिकृया दिनुहोस