‘इलेक्रामा २०१८’ मार्च १० देखि १४ सम्म भारतको नोइडामा
विद्युतीय क्षेत्रको सबैभन्दा ठुलो प्रदर्शनी
- गाउँ सहर संवाददाता
- ११ माघ बिहीबार, २०७४ | २३:०१:०० मा प्रकाशित

काठमाडौँ । ‘वान प्लेटफर्म फर अल इलेक्ट्रीक सोलुशन ग्लोबल्ली’ नाम दिइएको ‘इलेक्रामा २०१८’ को १३ औँ संस्करण यही मार्च १० देखि १४ सम्म भारतको नोइडामा हुँदैछ ।
इन्डियन इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स मेनुफेक्चर्स एशोसिएसन (इमा) ले व्यवस्थापन गर्ने ‘इलेक्रामा २०१८’ को बिहिबार काठमाडौँको अन्नपूर्ण होटलमा प्रेस सम्मेलन गरी जानकारी गराइएको हो ।
स्वच्छ उर्जा, कार्वन प्रयोगको कमी, कार्वनको वृद्धि कम गर्ने रणनीति, नविकरणीय उर्जाको प्रयोगमा वृद्धि गर्ने जस्ता विद्युतीय मुद्धाहरुलाई प्राथमिकता दिइने प्रदर्शनीमा ८ सय बढी सदस्यहरुको सहभागिता, ४२ बिलियनको कारोबार हुने इमाका उपाध्यक्ष हरिश अग्रवालले बताए ।
उपाध्यक्ष अग्रवालले भने ‘ इलेक्रामा—२०१८ दीर्घकालीन सोचबाट विद्युतीय व्यापारलाई वढवा दिलाउन अवसरको रुपमा आएको छ ।’ यो प्रदर्शनीले नेपाल, भारत लगायत सार्क मुलूकमा भविश्यको लागि विश्वासीलो, गुणात्मक र सरल विद्युतको लागि सशक्तिकरण गर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले नेपाल रुपान्तरणको अवस्थामा रहेको र नेपाली धान्ने विद्युतको उत्पादन प्रमुख रहेको बताए । अहिलेपनि भारतबाट बिजुली किन्नुपरेको अवस्थालाई हटाउँदै विद्युतमा आत्मनिर्भर गर्न प्रयासरत रहेको बताएका थिए । उनले भने ‘इलेक्रामा २०१८ ले हामीलाई विद्युतमा प्रगति गर्न अवश्य सिकाउने छ ।’
कार्यक्रममा सो प्रदर्शनीकर्ता इमाका नेपाल प्रतिनिधि हेमराज लुइँटेलले मार्चको एक्स्पो नेपालको लागि अवसर हुने बताएका थिए । ११ सय बढी प्रदर्शनीकर्ताहरु र सय बढी देशहरुको सहभागिता हुने इलेक्रामा —२०१८ विद्युत क्षेत्रको लागि सबैभन्दा ठुलो चौतारी हुने अन्य वत्ताहरुले बताए ।
यही मार्चको १० देखि १४ सम्म भारतको नोइडामा हुने ५ दिने प्रदर्शनीमा विद्युतीय पर्यावरण, नविन उत्पादन र ब्रान्डको ज्ञान, उर्जाका स्रोतको पुनःपरिभाषा, विद्युतीय मञ्च, नविन यात्रा, अनुभव र चुनौति साथै भविश्यको लागि तयारी जस्ता मुद्धाहरुले स्थान पाउनेछन् ।
प्रतिकृया दिनुहोस