अर्थतन्त्र

सेञ्चुरी कमर्सियल बैँकद्वारा 3 D Secure भिसा डेबिट, क्रेडिट र ट्राभल कार्ड सेवा प्रारम्भ

काठमाडाैँ । आफ्ना ग्राहकहरुको लागि सधैँ उच्च गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध सेञ्चुरी कमर्सियल बैँक लिमिटेडद्वारा Zealiant Technologies, India संगको सहकार्यमा 3 D Secure सेवा प्रारम्भ गरेको छ । 

सम्झौता अनुसार सेञ्चुरी कमर्सियल बैँकको भिसा डेबिट, क्रेडिट तथा ट्राभल कार्डबाट पैसा निकाल्न र सामान खरीद गर्न मात्र सीमित नभई अब यि कार्डहरूबाट विभिन्न अनलाइन माध्यमबाट पनि सजिलैे र सुरक्षित रूपमा सामान खरिद गर्न सक्नेछन् । 3 D Secure सेवामा ग्राहकहरुले कार्ड प्रयोग गर्दा  One Time Password (OTP) आफ्नो आधिकारिक मोबाइल वा ईमेलमा प्राप्त गर्न सक्नेछन् ।

3 D Secure सेवामा कार्ड र OTP दुबै आवश्यक पर्ने हुँदा कारोबार पूर्ण रूपले सुरक्षित हुने बैंंकले बताएकाे छ ।

अन्य जानकारीका लागि बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न बैंकले अनुरोध गरेकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत