विश्व

संसारभरी लकडाउन हुँदा अर्बपतिहरु के गरिरहेका छन ?

  • १५ जेठ बिहीबार, २०७७ | १२:५४:०० मा प्रकाशित

राइजिङ् एस कम्पनीका मालिक ग्यारी लिन्च भन्छन् "हामीलाई बंकर खोजिदिन अनुरोध गरिएको थियो । मेरा ग्राहक जमिनमुनि लुक्न चाहन्छन् । टापुहरु लोकप्रिय छन् ।  अमेरिकाको अर्थतन्त्र जोखिममा छ र केही गरेर यो ध्वस्त भयो भने त्यसले सामाजिक अशान्ति ल्याउँछ र हामी पनि जोखिममा हुन्छौं । यदि मानिसहरु घरघर चहारेर कुटपिट गर्न लुटपाट गर्न थाले भने अथवा खानेकुरा खोस्न खोजे भने वा सामान चाहे भने तपाइँ के गर्नुहुन्छ । त्यसैले मेरा ग्राहकहरु जमिनमुनि लुक्न चाहन्छन् जसले गर्दा उनीहरु आफ्नो स्थानमा सुरक्षित हुन्छन् । जहाँ रोग र विकिरण हटाउने फिल्टर र गोलीले नछेड्ने ढोका छन् ।"

उनले भने- "जमिनमुनि ६०० वर्गमिटर क्षेत्रमा उक्त बासस्थान बनाएका छन् । एउटा ठूलो भोजन क्षेत्र छ । परिवारलाई हुने एउटा ठूलो कोटा छ । एउटा १०० वर्ग मिटरको हरितगृह बगैँचा छ । त्यहाँ निसानेबाजी अभ्यास गर्ने स्थान छ ।" 

प्रमुख कार्यकारी अधिकृत पेनी मुस्ग्रोभ भन्छिन्- "संस्थापक, उद्योगपति, चर्चित व्यक्तित्व, उच्च पदस्थ व्यक्तिहरु जसको एउटा मात्र होइन संसारमा दुई वा बढी घर छन् उनीहरु हाम्रा ग्राहक छन् । स्कटल्याण्डको अग्लो स्थानमा घर खोजिएको छ । जमिनमुनि कोठाहरु भएका स्थान खोजिएका छन् जुन भेट्टाउन गाह्रो छ तर हामीसँग छन् ।" 
लन्डनको मेफेअरमा ठूलो खर्च गरेर भर्खरै गरिएको ठूलो घरको मालिकले पनि अर्को घर खोजेका छन् । उनीहरुलाई त्यो घरनजिकै अर्को सानो आवास चाहिएको छ किनभने उनीहरु

"आफ्नो घरमा कोरोनाभाइरस छिराउन चाहँदैनन् । हामीसँग वरिपरि खाल्डो भएका तथा निकै दुर्गम स्थानमा पनि (घरहरु) थिए । धेरै मानिसहरुलाई स्कटल्यान्डमा बगला चाहिएको छ । टापुहरुको ठूलो माग छ । महामारीको बेला टापुहरु लोकप्रिय हुँदा रहेछन् । त्यहाँ दुईवटा भान्सा छन्" प्रमुख कार्यकारी अधिकृत पेनी मुस्ग्रोभले भनिन् । 

तपाईँको मत