प्रदेश १ काे काेराेना काेषमा गोर्खाज फाईनान्सकाे दुई लाख सहयाेग
- गाउँ सहर संवाददाता
- २२ बैशाख सोमबार, २०७७ | २१:३०:०० मा प्रकाशित

काठमाडाैं । गोर्खाज फाईनान्स लिमिटेडले प्रदेश १ सरकारलाई दुई लाख रुपैया सहयोग गरेको छ ।
फाईनान्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना भाईरस महामारी रोकथाम तथा उपचारका लागि प्रदेश सरकारले खडा गरेको राहत कोषमा उक्त रकम सहयोग गरेको हो ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई फाईनान्सका संचालक डेकिन्द्र राई तथा गोर्खा समुहका अध्यक्ष पुरन्जन राई गोर्खा समुह सदस्य यादप राई, खोटाङ्ग जिल्ला संघिय सांसद विशाल भट्टराईको उपस्थितिमा फाईनान्सका प्रमुख कार्यकारी अधिकृत लालबहादुर थिङ्गले उक्त रकम बराबरकाे चेक हस्तान्तरण गरे ।
मुख्यमन्त्री शेरधनराईले कोरोना महामारीको विषम् परिस्थितीमा फाईनान्सले प्रदेश १ सरकारलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे ।
फाईनान्सका संचालक डेकिन्द्र राईले यस्तो संकटमा प्रदेशले सञ्चालन गरिरहेको अभियानलाई वित्तिय संस्थाले सक्ने सहयोग गर्ने बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस